शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विद्युत प्राधिकरणको अबको योजना : ग्यास विस्थापन गर्न इन्डक्सन चुल्हो, इन्धन आयात घटाउन विद्युतीय सवारी

हरेक वर्ष साढे २ खर्बको इन्धन आयात गरिन्छ
बिहीबार, १२ भदौ २०७६, ०९ : ३८
बिहीबार, १२ भदौ २०७६

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत भदौ ८ गते काभ्रेको तेमाल गाउँपालिकामा ४ सय परिवारलाई लक्षित गरेर इन्डक्सन चुल्हो वितरणको शुरुवात गरे ।

तिमाल सामुदायिक ग्रामिण विद्युतीकरण सहकारी संस्थाले आफ्ना ग्राहकलाई विद्युतीय चुलोको प्रयोग गराउन अभियान सुरु गरेको हो ।

विद्युतबाट खाना पकाउने उक्त चुल्हो वितरण गर्नुको सन्देश नेपाल अब विद्युतमा आत्मर्निभर हुँदैछ र १ सय वर्षमा नेपालले उत्पादन गर्न सकेको विद्युत बराबर अर्को वर्ष सोही मात्राको विद्युत थपिदैछ भन्ने सन्देश दिनुरहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउँछन् ।

२०७२ सालमा भारतले झन्डै ६ महिना गरेको अघोषित नाकाबन्दीका बेला नेपालमा इन्धन कटौती गर्दा हाहाकार मच्चिएको थियो । सडकमा मुस्किलले एक चौथाई सवारी साधन चलेका थिए भने सहरका भान्सामा समेत दाउराले प्रवेश पाएको थियो । विजुलीबाट खाना बनाउन लोडसेडिङको मार थियो भने विद्युत खपत बढेका कारण विजुलीका ट्रान्सफर्मरहरु जल्ने समस्या पनि त्यतिकै थियो ।

*****

अहिलेको जसरी नै विद्युत प्रयोग गर्ने हो भने अर्को वर्षदेखि विद्युत बढी भएर खेर जाने हुन्छ । अहिलेको विद्युतको दोब्बर उत्पादन हुने भएपछि विद्युत प्राधिकरणले स्वदेशमै विद्युत खपत गराउनका लागि ३ वटा नीति अघि सार्ने भएको छ ।

*****

तर अब उर्जाका क्षेत्रमा अब नेपालले युगान्तकारी प्रगति गर्दैछ । झन्डै एक शताब्दीको अवधीमा नेपालले १२ सय मेगावाट विद्युत उत्पादन गरेकोमा अब अर्को वर्ष विभिन्न जलविद्युत आयोजना मार्फत झन्डै ११ सय मेगावाट विद्युत उत्पादन गर्दैछ । अर्थात् अहिले भएको विद्युतको ठ्याक्कै दोब्बर विद्युत प्रशारण लाइनमा जोडिनेछ । यसको मतलब अब नेपालमा जति विद्युत खपत गरेपनि लोडसेडिङ हुनेछैन । डिजेल पेट्रोल ग्यास लगायतका उर्जाका स्रोत आयातमा भर पर्नु परे पनि विद्युत उर्जामा भने नेपाल पूर्ण आत्मनिर्भर हुनेछ ।

अहिलेको जसरी नै विद्युत प्रयोग गर्ने हो भने अर्को वर्षदेखि विद्युत बढी भएर खेर जाने हुन्छ । अहिलेको विद्युतको दोब्बर उत्पादन हुने भएपछि विद्युत प्राधिकरणले स्वदेशमै विद्युत खपत गराउनका लागि ३ वटा नीति अघि सार्ने भएको छ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले नेपालमा उत्पादित विजुली नेपालमै खपत गराउनका लागि नीतिगत रुपमा धेरै काम गर्न आवश्यक रहेको बताउँछन् ।

*****

गत आर्थिक वर्षको आँकडा हेर्दा नेपालमा २ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको डिजेल, पेट्रोल, खाना पकाउने ग्यास लगायतका विभिन्न प्रकारका पेट्रोलियम पदार्थको आयात भएको थियो । जसमा पेट्रोल पेट्रोल ३५ अर्ब ५४ करोड ८९ लाख ३५ हजार रुपैयाँको, डिजेल १ खर्ब १९ अर्ब ८८ करोड ८४ लाख ८३ हजार रुपैयाँको र खाना पकाउने ग्यास ३५ अरब ५४ करोड ८४ लाख ६६ हजार रुपैयाँको आयात भएको थियो ।

*****

बढी विद्युत खपत गराउनका लागि घरहरुमा हुने खाना पकाउने ग्यासलाई विस्थापित गरेर इन्डक्सन चुल्हो प्रयोगलाई एउटा एजेन्डाको रुपमा लिइएको छ ।

यस्तै डिजेल पेट्रोलबाट चलेका गाडीहरुको सट्टामा विद्युतीय बसहरुको प्रवद्र्धन गर्नका लागि प्राधिकरणले नीतिहरु तय गर्ने र व्यापक रुपमा नेपालमा औद्योगिक क्षेत्रहरुको स्थापना हुनुपर्ने उनी बताउछन्  ।

उनले भने–‘नेपालको प्रतिव्यक्ति विद्युत खपत सन् २०२३ मा ७ सय युनिट पु¥याउने सरकारको लक्ष्य छ । तर त्यो लक्ष्यमा पुग्नका लागि खाना पकाउने ग्यासलाई विस्थापित गरेर, विद्युतीय सवारी साधन ल्याएर मात्र पुग्दैन । नेपालमा व्यापक रुपमा धेरै विद्युत खपत हुने उद्योगहरु स्थापना गर्नुपर्छ ।’

वार्षिक साढे २ खर्बको इन्धन आयात

गत आर्थिक वर्षको आँकडा हेर्दा नेपालमा २ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको डिजेल, पेट्रोल, खाना पकाउने ग्यास लगायतका विभिन्न प्रकारका पेट्रोलियम पदार्थको आयात भएको थियो । जसमा पेट्रोल पेट्रोल ३५ अर्ब ५४ करोड ८९ लाख ३५ हजार रुपैयाँको, डिजेल १ खर्ब १९ अर्ब ८८ करोड ८४ लाख ८३ हजार रुपैयाँको र खाना पकाउने ग्यास ३५ अरब ५४ करोड ८४ लाख ६६ हजार रुपैयाँको आयात भएको थियो ।

विद्युत प्रयोगबाट खाना पकाउने ग्यासको प्रयोग ५० प्रतिशत घटाउने हो भने पनि वार्षिक १८ अर्ब रुपैयाँ बिदेशीनबाट जोगाउन सकिने देखिन्छ । तर ग्यासको सिलिन्डरलाई इन्डक्सन चुल्होले बिस्थापन गर्नका लागि अहिले नाफामा गएको प्राधिकरणले कस्तो नीति बनाउँछ त्यसमा भर पर्ने हुन्छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भन्छन्–‘तीन वर्षअघिसम्म कहालिलाग्दो लोडसेडिङ भोगेका हामी विद्युतीय चुलोको प्रयोगको उच्चारण समेत गर्न सक्दैनथ्यौँ, त्यतिबेला बढी विद्युत खपत गर्ने उपकरण प्रयोग नगरौँ भनिन्थ्यो, अहिले अवस्था फेरिएको छ, विद्युत खपत बढाउनुहोस् भन्नु पर्ने अवस्था आएको छ । अब खाना विजुलीकै प्रयोग गरी पकाउछौँ, विजुलीले नै पानी तताउछौँ, गाडी पनि विजुलीबाटै चल्ने चड्छौँ, यसबाट मुलुक पेट्रोलियम पदार्थको आयात कम गरी ऊर्जामा आत्मनिर्भरतर्फ अगाडि बढ्ने छ ।’

अहिले पनि कतिपय ठाँउमा बिहान र बेलुकाको समयमा विद्युत भोल्टेज कम भएका कारण बढी विद्युत खपत हुने उपकरण चलाउन समस्या छ ।

विद्युत भोल्टेज कम हुने लगायतका समस्या समाधानका लागि गत वर्ष ७ सय हाराहारी ट्रान्सफर्मर परिवर्तन गर्नुका साथै विद्युत प्रशारण लाइनमा सुधार गर्ने काम भइरहेको प्रवक्ता अधिकारी बताउँछन् ।

अहिले नेपालमा १२ सय ५ मेगावाट विद्युत उत्पादन भइरहेको छ भने उपभोक्ताको माग भने १३ सय मेगावाट रहेको छ । यो आर्थिक वर्ष २०७६/७७ भित्र करिब ११ सय मेगावाट क्षमताका जलविद्युत आयोजनाहरु निर्माण सम्पन्न हुने अवस्थामा रहेका छन् ।

*****

प्राधिकरणले नेपालमा उत्पादन भएको विजुली विदेशमा निर्यात गर्नेभन्दा पनि नेपालमै खपत बढाएर यहाँको अर्थतन्त्रलाई मजबुत बनाउने राज्यको नीति रहेको उनले बताए ।

*****

निजी क्षेत्रबाट बनिरहेका आयोजनाहरु पनि प्रगतिउन्मोख रहेकोले विद्युत उत्पादन बढ्ने क्रममा रहेको र चालू आर्थिक वर्षमा नयाँ आयोजनाबाट विद्युत थपिँदा नेपालको उत्पादन आजको भन्दा दोब्बर हुँदा त्यसको खपतका लागि बजार व्यवस्थापन अबको चुनौती रहेको प्रवक्ता अधिकारीको भनाइ छ । 

४ सय ५६ मेगावाटको तामाकोशी जलविद्युत आयोजना, चिलिमे जलविद्युत आयोजनाले बनाएका रसुवागढी, साञ्जेन, भोटेकोशी जस्ता आयोजना पनि यो आर्थिक बर्षमा सकिने प्राधिकरणले प्रक्षेपण गरेको छ । जुन आयोजनाहरुबाट अहिले नेपालमा भइरहेको विद्युत उत्पादन बराबरको विद्युत थपिने छ ।

आर्थिक वर्ष २०७६÷७७ मा २२ सय मेगावाट माग हुनुपर्ने प्रक्षेपणले देखाएपनि विद्युत खपतका लागि बजार बढाउन प्राधिकरणले नीतिगत काम गर्नुपर्नेछ ।

यस्तै नेपालमा खपत भएर बचेको विद्युत बिक्रीका लागि अन्तरदेशीय प्रशारण लाइन पनि तयार गरिरहेको प्रवक्ता अधिकारीले बताए । ढल्केवर मुज्जफुर प्रशारण लाइन २ सय २० भोल्टमा चार्ज भएकोमा छिट्टै आउने डिसेम्बरसम्ममा ४ सय किलो भोल्टमा चार्ज हुने र जसबाट नेपाल र भारतबीचमा १ हजार मेगावाटसम्मको विजुली लिनदिन सक्ने बाटो खुल्नेछ ।

तर प्राधिकरणले नेपालमा उत्पादन भएको विजुली विदेशमा निर्यात गर्नेभन्दा पनि नेपालमै खपत बढाएर यहाँको अर्थतन्त्रलाई मजबुत बनाउने राज्यको नीति रहेको उनले बताए ।

१ सिलिन्डर ग्यास बराबर १ सय ९३ युनिट

प्राधिकरणले खाना पकाउने ग्यास विस्थापित गर्नका लागि इन्डक्सन चुल्हो प्रयोग बढाएर लैजाने भएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले १ सिलिन्डर अर्थात् १४ दशमलव २ किलो ग्यास बराबर १ सय ९३ युनिट विद्युत हुने बताउछन् ।

१४ सय ५० रुपैयाँ पर्ने ग्यास र गाँउघरमा थोरै ५ एम्पियरको मिटर राख्ने हुँदा सानो परिवारलाई दैनिक खाना बनाउँदा ग्यासभन्दा विजुली सस्तो हुने उनको दावी छ ।  

खाना पकाउने ग्यास विस्थापन गर्नका लागि भोल्टेज कम हुने स्थानका वितरण प्रणालीमा पनि सुधार गर्दै जान लागेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप