शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुलुक कम्युनिस्ट स्टेट बन्ने खतरा बढ्यो : सभापति देउवा

बुधबार, ११ भदौ २०७६, १९ : १८
बुधबार, ११ भदौ २०७६


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले देशलाई कम्युनिस्ट स्टेट बनाउने खतरा बढ्दै गएको बतएका छन् ।

बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा सभापति देउवाले सरकार प्रजातन्त्रका सबै मुलभूत कुराहरु मास्दै गएकोले कम्युनिस्ट स्टेट बनाउन खोजेको बताए । उनले भने, ‘सरकार प्रजातन्त्र विरोधी, मानवाधिकार विरोधि, प्रेस स्वतन्त्रता विरोधि काम गरिरहेको छ । अब सरकारविरुद्ध एकजुट आवश्यक देखिएको छ । सबैलाई एकजुट हुन मेरो आग्रह छ ।’ 

सभापति देउवाले सरकारका गलत कदमका विरुद्ध काँग्रेसले निर्णय गरेर नै आन्दोलनमा उत्रिँने पनि बताए । उनले स्थायी प्रजातन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको रक्षाको लागि लड्ने दिन आएको भन्दै आन्दोलनमा आउन सबैलाई आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप