शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशियाले १०% वोनश तथा ११% नगद लाभांश दिने

बुधबार, ११ भदौ २०७६, १७ : ०९
बुधबार, ११ भदौ २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले १०% वोनश तथा ११% नगद लाभांश दिने भएको छ । 

बैंकको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई आ.व. ०७५/०७६ को लागि प्रति शेयर रु.१० (१०%) ले हुन आउने रकम रु. ८८ करोड ३४ लाख २२ हजार ८ सय ७० शेयर लाभांश तथा रु. ११.०५२६ (११.०५२६%) ले हुन आउने रकम ९७ करोड ६४ लाख १४ हजार ७ सय ५१ नगद लाभांश (कर प्रयोजनको लागि समेत गरेर) दिने निर्णय गरेको छ । 

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात शेयरधनीहरुलाई वितरण गर्नेछ ।

बैंकिङ्ग क्षेत्रमा तरलतामा देखिएको चुनौतीपूर्ण अवस्थाको बावजुद पनि बैंकले आर्थिक वर्ष ०७५/०७६ मा प्रति शेयर आम्दानी र शेयर पुँजी तथा कोषमा प्रतिफल क्रमशः रु.३४.२२ र २२.७३% आर्जन गर्न सफल भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप