शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मुसीकोट नगरपालिका मेयर सापकोटा जापानमा सम्मानित

बुधबार, ११ भदौ २०७६, १० : ५५
बुधबार, ११ भदौ २०७६

बुटवल ।  गुल्मीको मुसीकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा सहितका ३ जना जनप्रतिनिधि जापान भ्रमणमा पुगेका छन् ।  उनीहरुलाई जापानमा रहेका नेपालीहरुको विभिन्न संघ संगठनहरुले स्वागत कार्यक्रमको आयोजना गरी अभिनन्दन गरेका छन् ।
 अर्याल सेवा समाज जापानले मेयर सापकोटा ,   सोही नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष प्रकाश काफ्ले , वडा नम्वर ८ का वडाध्यक्ष नारायण सापकोटालाई अभिनन्दन गरिएको हो । 
   गुल्मी कै ईन्द्रेगौडा घर भएका अर्यालय सेवा समाज जापानका अध्यक्ष गोविन्द्र प्रसाद अर्याललेको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा हरितालिका तीज  विशेष कार्यक्रममा तीनै जना जनप्रतिनिधि   र  नेपालबाट गएका बुवा आमाहरुलाई पनि नचाइएको थियो ।

   कार्यक्रमका प्रमुख अतिथी मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बिदेशमा रहेका अर्लाङ्घकोट, वामी, कुर्घा , आँपचौर सहितका मुसिकोटवासीले समाजमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगमी दिनमा पनि  वैदेशिक रोजगारमा रहेका मुसिकोटवासीको सहयोग र सहकार्य खाँचो  रहेको धारणा राखेका थिए ।

   मुसिकोट नगरपालिकाले अगाडी सारेको लघु जलविद्युत लगायतको उद्यम विकासमा बैदेशिक रोजगारमा रहेका नगरवासीको लगानी भित्राउने उद्देश्यका साथ भदौं ७ गते नेपालबाट जापान पुगेका  मेयर सापकोटा सहितका जनप्रतिनिधीहरु भदौं २० गते नेपाल फर्किने कार्यक्रम रहेको अर्याल समाज  जापानका अध्यक्ष्ँ गोविन्दप्रसाद सापकोटाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप