शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्यान्सर अस्पतालमा सबै प्रकारका रोगको शल्यक्रिया सेवा शुरु

मङ्गलबार, १० भदौ २०७६, १९ : ०४
मङ्गलबार, १० भदौ २०७६

भक्तपुर– भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर रोगसँगै अन्य सबै किसिमका रोगहरुको शल्यक्रिया सेवा शुरु गरेको छ । अस्पतालका मेडिकल डाइरेक्टर एवं अस्पताल व्यवस्थापन समितिका सदस्य सचिव प्राडा ऋषिकेशनारायण श्रेष्ठले यही भदौ १ गतेदेखि अस्पतालले सबै किसिमका रोगहरुको शल्यक्रिया सेवा शुरु गरेको जानकारी दिए । 

देशभरिका क्यान्सर रोगीहरुको उपचार गर्दै आएको अस्पतालले भक्तपुर नगरपालिकाका प्रमुखको अध्यक्षतामा गठन भएको अस्पतालको नयाँ व्यवस्थापन समिति आएपछि उच्च मनोबलका साथ काम गर्ने क्रममा यही भदौ १ गतेदेखि सबै रोगको शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको उनले जानकारी दिए । 

उनले नयाँ व्यवस्थापन समितिले अस्पतालको सेवालाई सहज बनाएकाले क्यान्सरका बिरामीको चापसमेत बढेको बताए । डाइरेक्टर प्राडा श्रेष्ठले भने, ‘नयाँ व्यवस्थापन समिति गठनपश्चात् अस्पतालका कर्मचारीहरुको मनोबल उच्चरूपमा बढेको छ, सबै कर्मचारीहरु खुशी र अझ लगनशील भई बिरामीको सेवामा कार्यरत छन्, बिरामीले सहज र सुलभरूपमा सेवा पाएका छन्, बिरामीको चाप पनि बढेको छ ।’

उनले अहिले दैनिक १० वटासम्म जटिल शल्यक्रिया हुने गरेको उल्लेख गर्दै नगरपालिकाको व्यवस्थापन आएपछि सहज ढङ्गले उपचार सेवा दिएको र बिरामीको उपचारमा कुनै बाधा अड्चन नआएको बताए । 
पहिला दैनिक ८० बिरामी भर्ना हुने गरेकामा हाल १२०  बिरामी भर्ना हुने गरेको, पहिला दैनिक पाँच जनासम्मको शल्यक्रिया हुने गरेकामा हाल आठदेखि १० जना बिरामीको जटिल शल्यक्रिया हुने गरेको र अस्पतालको शय्यासमेत अपुग भएको श्रेष्ठले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप