शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टाटा एच फाइभ एसयूभी नेपाली बजारमा, मूल्य ५६ लाख ५५ हजार

मङ्गलबार, १० भदौ २०७६, १७ : ४०
मङ्गलबार, १० भदौ २०७६

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक गरेको छ ।

सिप्रदीले भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना भइरहेको नाडा अटो शो २०१९ मा टाटा एच फाइभ सार्वजनिक गरेको हो । भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एचफाइभको मूल्य नेपाली बजारमा शुरुवाती मूल्य ५६ लाख ५५ हजार तोकिएको छ ।

नेपाली बजारमा टाटा एच फाइभको बुकिङ्ग केही दिनअघि खुला गरिएको हो। बुकिङ्ग खुल्ला भएयता टाटा एच फाइभबारे बुझ्नका लागि सम्भावित खरिदकर्ताहरूबाट इन्क्वायरीहरू आइरहेको साथै सकारात्मक प्रतिक्रियाहरू प्राप्त भइरहेका छन् । टाटा एच फाइभको डेलिभरी सेप्टेम्बरबाट सुरू हुने र पहिला बुक गर्नेलाई प्राथमिकता दिइने सिप्रदीले जनाएको छ । 

सो अवसरमा बोल्दै टाटा मोटर्सका प्यासेन्जर भेइकल्स इन्टरनेशनल बिजनेसका प्रमुख सुजन रोयले टाटा एच फाइभले नेपाली एसयूभी बजारमा आमुल परिवर्तन ल्याउने बताए । नेपाली एसयूभी पारखीहरूले आकर्षक बनावट तथा खराब बाटोहरूमा पनि उच्च प्रदर्शन तथा राम्रो कन्ट्रोल गर्न सक्ने टाटा एच फाइभलाई मनपराउने बताए ।

क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित छ । एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एच फाइभ ल्यान्डरोवरको डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो। आकर्षक रहेको टाटा एच फाइभमा पुश बटन स्टार्टस्टप, सेमीडिजिटल इन्स्ट्रूमेन्ट कन्सोल, मल्टीफङ्गसन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन् ।

नेपाली बजारमा टाटा एच फाइभ सार्वजनिक गरिएको जानकारी दिँदै सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले  टाटा एच फाइभ सर्वोेत्कृष्ट उत्पादन भएको र नेपाली बजारमा लोकप्रिय हुनेमा विश्वास व्यक्त गरे ।

४५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा मोटर्स लिमिटेड कार, युटिलिटी गाडीहरू, बस, ट्रक र डिफेन्स गाडीहरू उत्पादन गर्ने विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हो । ४५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा ग्रुपको एक हिस्सा टाटा मोटर्स भारतकै र बृहत रेन्जमा इन्टिग्रेटेड, स्मार्ट तथा इमोबिलिटी सलुसनहरू प्रदान गर्ने एकमात्र ओइएम हो ।

बेलायतमा रहेको ज्यागुअर ल्यान्डरोभर तथा दक्षिण कोरियास्थित टाटा डेइवुसहित १०९ वटा सशक्त सहायक कम्पनीहरूको विश्वव्यापी संजालमार्फत टाटा मोटर्स बेलायत, दक्षिण कोरीया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसिया टाटा मोटर्स सञ्चालनमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप