शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बिहे गर्छु भन्दै १५ वर्षीया बालिकामाथि यौनशोषण गर्ने पक्राउ

मङ्गलबार, १० भदौ २०७६, १४ : ०८
मङ्गलबार, १० भदौ २०७६

काठमाडौँ । घरायसी आर्थिक अवस्था कमजोरी भएकी १५ वर्षीया बालिकालाई प्रलोभनमा पारी जबरजस्ती करणी र यौनशोषण गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका स्थायी घर भइ काठमाडौँ महानगरपालिका बस्दै आएका २८ वर्षीय सुमन खड्का रहेका छन् ।

खड्काले बालिकालाई विवाह गर्छु भनेर ललाई फकाई आर्थिक प्रलोभनमा पारेर २०६९ साल जेठ ६ गते आफ्नै घरको कोठामा जबरजस्ती करणी गरेका थिए । त्यसपछि पनि उनले काठमाडौँमा विभिन्न स्थानमा बालिकामाथि पटक–पटक यौनशोषण गर्दै आइरहेका थिए ।

पीडित पक्षले दिएको जाहेरीको आधारमा उच्च अदालत पाटकले २०७१ साल कार्तिक १० गते खड्कालाई ४ वर्ष ५ महिना एक दिन कैदको सजाय सुनाएको थियो ।

तर, उनी त्यसयता फरार रहँदै आएका थिए ।

केन्द्रीय अनुसन्धान व्युरो महाराजगञ्जबाट खटिएको टोलीले खड्कालाई गत भदौ ८ गते काठमाडौँको क्षेत्रपाटीबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको प्रहरीले व्युरोले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप