शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

मङ्गलबार, १० भदौ २०७६, १२ : ५०
मङ्गलबार, १० भदौ २०७६

काठमाडौं-काठमाडौं महानगरपालिका-३१ ठुलो खरीबोट चोकस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद २ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं सिनामंगल बस्ने काभ्रे घर भएका २८ वर्षीय मनोज तिमल्सिना र काठमाडौं सिनामंगल बस्ने भारत मोतिहारी घर भएका २३ वर्षीय अरुण कुमार जैसवाल रहेका छन् । 

महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरीले बा.६० प ४१६८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक तिमल्सिना र मोटरसाइकलमा सवार जैसवालले मादक पदार्थ सेवन गरेको अवस्थामा फेला पारी कारवाही गर्ने क्रममा उनीहरुले उक्त रकम प्रहरीलाई दिन खोजेका थिए ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप