शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा मारिएका रेशम बजगाईंका हत्यारालाई ६० बर्ष कैद र ५ हजार डलर जरिवाना

मङ्गलबार, १० भदौ २०७६, ०९ : ५७
मङ्गलबार, १० भदौ २०७६

भर्जिनिया । गत बर्ष भर्जिनियामा अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ का दिन हत्या गरिएका रेशम बजगाईंका हत्यारालाई भर्जिनिया अदालतले ६० बर्ष कैद र २५ हजार डलर जरिवाना सुनाएको छ ।

सोमबार भर्जिनिया फेयर फ्याक्स काउन्टी सर्किट अदालतले सो फैसला सुनाएको हो । जुरी (पन्चहरु)ले ६० बर्षको र २५ हजार डलरको सिफारिस गरेपछि न्यायाधीशले उक्त निर्णय सुनाएका हुन् ।

रेशम पक्षका वकिलले हत्यारालाई जन्मकैद सिफारिस गरेको तर अभियुक्त हत्याराका वकिलले २० बर्षको सजायको प्रस्ताव गरेका थिए । सजाय समय तोक्ने बिषयमा दुवै पक्षका वकिलहरुको बहस भएको थियो ।

जुरी (पन्चहरु)ले उनीहरुको दाबीलाई नकार्दै हदैसम्मको सजाय सुनाएका थिए । हत्यारा जेल (कारागार) आगामी नोभेम्बर २२ मा जानेछन् । 

भर्जिनियाको हरन्डन शहरस्थित सुनोको इन्धन चौकी (ग्यास स्टेसन)मा बजगाईंलाई आगो निभाउने उपकरण  (फायर एक्सटिनगुईसर) ले हिर्काएर शरीरको माथिल्लो भागमा ज्यादा चोट लागेको कारण उनको मृत्यु भएको थियो । त्यसको साथै अन्य फलामले घाँटी थिचेको समेत प्रमाण फेला परेको छ ।

स्व. रेशम बजगाईं

फैसला हुनुअघि घटनाको सम्पूर्ण प्रमाण (क्यामारा) अदालतको न्यायाधीशलाई देखाईएको थियो । यसको फैसला दुई चरणमा गरिएको थियो । 

पहिलो चरणमा हत्यालाई प्रथम श्रेणीको हत्याको किटानी गरियो । स्मरण रहोस, प्रथम श्रेणीको हत्याको लागि कम्तिमा २० बर्ष र जन्मकैद हुन्छ ।

दोस्रो चरणको सुनुवाईपछि ६० बर्षको कैद र २५ हजार डलरको जरिवाना सुनाईएको हो । प्रहरीले गत बर्ष नै हरन्डन शहरकै किनमेल बजारको कार पार्क (सवारी साधन रोक्ने ठाउँ) बाट अभियुक्त हत्यारा मोहमद ए अब्दुल्लाहीलाई पक्राउ गरेको थियो । 

उनलाई दोस्रो श्रेणीको हत्याको आरोप लगाई ६० बर्षको कैद सुनाएको हो ।

नेपाली मूलका ४० वर्षीय बजगाईको गत बर्ष बुधबारका दिन बिहान १ बजेर १५ मिनेटमा हत्या गरेको फेयर फ्याक्स प्रहरी चौकीले जानकारी दिएको थियो । 

मृतक बजगाई सेप्टेम्बर २०१७ मा अमेरिका आएका थिए । उनी सुनोको ग्यास स्टेसन  (इन्धन चौकी) मा हप्तामा एक पटक मात्र काम गर्ने र त्यही दिन काम गर्न आएका थिए ।

अमेरिकाको डिसी महानगर क्षेत्रको हरन्डन आसपासमा बसोबास गर्ने स्व. बजगाई आफ्नी जीवनसंगिनी तथा ६ वर्षीय छोरीसँग बस्दै आएका थिए । हरन्डनको किनमेल गर्ने बजार स्थित १३३०० ब्लक अफ फ्रान्कलिन फर्ममा घटना घटेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप