शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नरेन्द्र मोदीले ऐतिहासिक गल्ती गरेः इमरान खान

मङ्गलबार, १० भदौ २०७६, ०८ : ३०
मङ्गलबार, १० भदौ २०७६

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीर मामलामा राष्ट्रलाई सम्बोधन गरेका छन् । उनको सम्बोधनका मुख्य अंश बीबीसी हिन्दीले प्रकाशित गरेको छ जुन यसप्रकार छन्ः

– आरएसएसले भारतलाई हिन्दु राष्ट्र बनाउन चाहन्छ र भारतले पनि आरएसएसकै पक्ष लिएर कश्मीर मामलामा कुरा गर्न पछि हटिरहेको छ ।

– नरेन्द्र मोदीको गल्तीका कारण कश्मीरीहरुले स्वतन्त्रताको एउटा ठूलो मौका पाएका छन् । भारतको यो कदमले कश्मीरको मुद्दा अन्तर्राष्ट्रिय मुद्दा बनेको छ ।

– सवा अर्ब मुसलमानले संयुक्त राष्ट्रले कश्मीरलाई मद्दत गर्छ कि गर्दैन भनेर  हेरिरहेका छन् ।  

– यदि यो मामला युद्धतर्फ उन्मुख हुन्छ भने दुबै मुलुक परमाणु शक्ति सम्पन्न मुलुक भएको याद गर्नुपर्छ । हामी कुनै पनि हदसम्म जानेछौं ।

– कश्मीरीहरु समस्यामा छन् र हामीले उनीहरुलाई सहयोग गर्नुपर्छ । म आफैंपनि कश्मीरको राजदूत बनेर संसार सामू उनीहरुको मुद्दा उठाउनेछु । २७ सेप्टेम्बरमा संयुक्त राष्ट्रमा संसारसामू कश्मीरको स्थितीबारे बताउनेछु ।

– म आएलगत्तै हिन्दुस्तानसँग कुरा गरेर कश्मीरको मुद्दा कुराकानीमार्फत् सुल्झाउने बताएको थिएँ । तर उनीहरुले नया कुरा सुरु गरिदिन्थे र पाकिस्तानमाथि कुनै न कुनै आरोप लगाउँथे । हामी सोच्यौं कि चुनाव आइरहेको छ त्यसकारण हामी पछि हट्यौं, त्यसपछि पुलवामा भयो । उनीहरुले यसका लागि हामीमाथि प्रत्यक्ष औंला उठाए ।

– हामीले सोच्यौं कि सायद चुनावपछि उनीहरु कुराकानीमा आउनेछन् । तर हामीले देख्यौं सक चुनावपछि उनीहरुले पाकिस्तानलाई प्रतिबन्ध गर्ने पुरा कोसिस गरे ।

– हिन्दुस्तानको सरकार संयुक्त राष्ट्रको प्रस्ताव, आफ्नो संविधान, नेहरुले जुन बचन दिएका थिए, ती सबका विरुद्ध गएको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप