शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल

मङ्गलबार, १० भदौ २०७६, ०६ : ०३
मङ्गलबार, १० भदौ २०७६
  वि.सं.२०७६ साल भाद्र १० गते । मंगलबार । ईश्वी सन् २०१९ अगष्ट २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र कृष्णपक्ष । तिथि द्वादशी,४३ घडी १२ पला ,बेलुकी २२ बजेर ५७ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र पुनर्वशु,४२ घडी ५१ पला,बेलुकी १० बजेर ४९ मिनेट उप्रान्त तिष्य । योग सिद्धि,०४ घडी ५४ पला,बिहान ०७ बजेर ३८ मिनेट उप्रान्त व्यातिपात । करण कौलव,बिहान ११ बजेर ५० मिनेट उप्रान्त तैतिल,बेलुकी १० बजेर ५७ मिनेट उप्रान्त गर । आनन्दादिमा स्थिर योग । चन्द्रराशि मिथुन,बेलुकी ०५ बजेर ०५ मिनेट उप्रान्त कर्कट । 

काठमाडौंमा सूर्योदय ०५ बजेर ४० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २८ मिनेट । दिनमान ३२ घडी ०१ पला । 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य सम्बन्धि सामान्य समस्याले नसताउला भन्न सकिन्न । बादबिवाद तथा प्रतिश्पर्धामा आजको दिन सरिक नहुदा नै राम्रो हुनेछ भने मुद्दा मामिला तथा न्यायलयमा सहभागि भई बयान दिदा हारिने सम्भावना रहेको छ । बिद्यामा उत्साजनक प्रगति नहुदा मन चिन्तित रहला । राजनीति तथा समाजसेवामा भनेजस्तो काम गर्न नसकिने हुनाले आलोचना सहनुपर्ला । छोटो दुरिको यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधको सामना गर्नु पर्ने हुन सक्छ । 


बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा परिवारका सदस्यहरुसँग घरायसि कुरामा राय बाजिनेछ भने आफन्तसँग कुनैपनि कारोबार नगर्नुहोला बिवाद हुनसक्छ । व्यापार व्यावसायमा समय दिएपनि भनेजस्तो आम्दानी नहुने हुदा दैनिकि प्रभावित हुनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने घर परिवार तथा कुटुम्बसँग मनमुटाव बढ्ने योग रहेकोछ । साझको समय राम्रो रहेकोले परिणाममुखि कामहरु गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आम्दानीका नयाँनयाँ स्रोतहरु फेला पार्न सकिने तथा व्यापार व्यावसायमा लगानी गरि यथेष्ट लाभ लिन सकिनेछ । काम गरि अरुलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा बृद्धि भएर जानेछ । अध्ययनमा प्रगति हुनेछ भने अरुलाई पछि पार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । राजनीति गर्नेहरुले राज्यबाट पद पाउने समय रहेकोछ । विलासी वस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ । अनाबश्यक ठाउँमा बल प्रयोग हुनुको साथै बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । साझबाट समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्तजन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईयला । माया प्रेममा सामिप्यता बडेर जानेछ । ब्यापार ब्याबसायबाट मनग्गे आम्दानी हुनेछ । तरलपदार्थ जस्तै हाईड्रो,पानि जस्ता उद्योग व्यावसायमा लगानी गर्दा उचित प्रतिफल पाइनेछ । सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । बिद्यामा तपार्ईँले गरेको मिहिनेत खेर जानेछैन ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । निति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुबाट आलोचना खप्नुपर्नेछ । साझबाट व्यापार व्यावसायमा लगानी गरि मनग्गे आम्दानी गर्न सकिनेछ भने नया प्रकृतिको काम गर्ने बाताबरण बन्नेछ । पढाइ लखाईमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सरकारि तथा दैनिक कामगर्दा ध्यान दिनहोला अप्रिय निर्णयको शिकार होईयला । लामो दुरिको धार्मिक यात्रा भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्दा मन खिन्न हुनेछ । पढाइ लेखाइमा दिईयको समय वालुवामा पानि सरह हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आई दैनिक कामहरु गर्न सकिनेछैन । साझपख राजनीति तथा समाजसेवामा जनतको समर्थन प्राप्त हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाइनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । साझपख धार्मिक यात्रा हुने प्रवल सम्भावना रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) ईमान्दारिता पुर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुनेछ । सांगठनिक टिम निर्माण गरि काम गर्दा भनेजस्तो आम्दानीगर्न सकिनेछ भने बिभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिबेसलाई भत्काउँदै थप लगानी  गरि विलासी बस्तुहरुको उपभोग गर्न पाइने छ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफू तथा शुभचिन्तकहरु खुसी रहनेछन् । साझपख मायामा खटपट हुने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिवाद तथा प्रतिष्पर्धामा आज भाग नलिनुहोला ऋणात्मक नतिजा आउनेछ । बिद्यामा सोचेजस्तो प्रगति गर्न बढि नै समय दिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । साझपख समय राम्रो रहेकोले व्यावसायमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइमा भनजस्तो प्रगति नहुदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानीनहुने हुदा दैनिक कामहरु प्र्रभावित हुनेछन् भने शिक्षा क्षेत्र सँग सम्पन्धित व्यावसाय भने फस्टाएर जानेछ । मायाप्रेममा एक अर्कालाई अबिश्वास गर्नाले छुट्टिनु पर्ने अधिक सम्भावना रहेकोछ । साझपख समय राम्रो रहेकोले विवाद तथा प्रतिस्पर्धामा तपाईँकै जित निश्चित हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा लगानी गर्न नसकिने तथा आम्दानीकम हुदा आर्थिक समस्याले दिन गुज्रिनेछ । पढाइ लेखाइ  तथा यस्तै क्रियाकलापमा राम्रो मिहिनेतगरे मात्र परिणाम तपार्ईँकै पक्षमा पार्न सकिनेछ । आफन्त तथा आमा सँगको सम्बन्ध सुधार गर्दै अगाढि बढ्न सके फइदा हुने योग रहेकोछ । कृषि,सहकारि तथा पशुपालन व्यावासयमाबाट भने आम्दानी केहि मात्रामा बढाउन सकिनेछ ।


तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

 

ReplyForward

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप