शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा सर्वाधिक राशीको राष्ट्रिय  क्रिकेट प्रतियोगिता हुने

आइतबार, २९ साउन २०७४, १४ : २३
आइतबार, २९ साउन २०७४

दाङ–  क्रिकेट संघ दाङको आयोजनामा प्रदेश न ५ कै सर्वाधिक राशीको क्रिकेट प्रतियोगिता हुने भएको छ । 

दाङ जिल्ला क्रिकेट संघले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरि आगामी असोज २१ गते देखि प्रतियोगिता सञ्चालन गर्न लागेको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिए । 

उनका अनुसार प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागीता हुनेछ । प्रतियोगितामा नेपाल भरबाट १० वटा टिमहरु सहभागी हुने छन् । 

प्रतियोगितामा प्रथम हुनेले १ लाख १० हजार नगदसहित शिल्ड मेडल प्रमाणपत्र र आकर्षक उपहार पाउने छन् भने दोश्रो हुने टिमले ५० हजार नगदसहित शिल्ड मेडल प्राप्त गर्ने छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप