शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो बन्यो ऐश्वर्य’को ‘तिमी रोएको पल’

आइतबार, २९ साउन २०७४, १४ : ११
आइतबार, २९ साउन २०७४

काठमाडौं – पछिल्लो समय गीत संगीतका कारणले केही चलचित्रको ब्यवसाय सफल भएका छन् । सायद त्यसैले पनि अचेल निर्माण भएको चलचित्रका गीत संगीतमा निकै मिहिनेत देख्न सकिन्छ ।

यस्तै मिहिनेत गरेर चलचित्र ‘ऐश्वर्य’को ‘तिमि रोएको पल’बोलको गीत पनि बनाइएको छ । राजधानीमा एक कार्यक्रम बिच सार्वजनिक गीतमा शब्द, संगीत अर्जुन पोखरेलको छ, भने स्वर सुगम पोखरेल र अन्जु पन्तको रहेको छ । 

पोखरा तथा मुस्ताङको रमणिय स्थानमा छायाँकन गरिएको गीतमा तेन्जु योन्जन र एन्जिला खत्रीको कोरियोग्राफी रहेको छ । गीत १२ दिन लगाएर खिचिएको हो ।
गीतमा अभिनेता रमेश उप्रेती र अभिनेत्री दीपिका प्रसाईं देखिएका छन् । ‘मेरो सोच नै राम्रो चलचित्र दर्शकलाई दिने हो’ निर्माता समेत रहेका रमेशले भने ‘चलचित्र निर्माण धेरै दुख गरेर राम्रो बनाउने प्रयास गरेको छु ।’

दीपिकाको यो डेब्यु चलचित्र हो । चलचित्रमा आफु सुपर मोडलको भुमिकामा रहेको दीपिकाले बताइन् । चलचित्र दिवाकर भट्टराइले निर्देशन गरेका हुन् । निर्देशक दिवाकारले आफुले मुखले बोल्नु भन्दा पनि कामले बोल्ने बताए । किरण राणा उप्रेती र अर्जुन श्रेष्ठ निर्माता रहेको चलचित्रको कलाकार निर्देशक निर्मल शर्मा सह–निर्माता रहेका छन् । 

चलचित्रमा रमेश र दीपिकाको अलवा केकी अधिकारी, प्रशान्त ताम्राकार, केशव भट्टराई, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेन्जु योन्जन, अर्जुनजंग शाही, सुनिता ठाकुर लगायतको अभिनय रहेको छ ।

२ कात्तिकमा रिलिजमा आउने यो चलचित्रको गीतले २४ घन्टा नबित्दै युट्युवमा ५ लाख दर्शक पाउन समेत सफल भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप