केन्द्रीय संस्करण

कास्मिर र इपीजीबारे राजपाको असन्तुष्टि

person explore access_timeभदौ ९, २०७६ chat_bubble_outline0
file photo

काठमाडौँ– राजपा नेपालले कास्मिर समस्याबारे सरकारको स्पष्ट धारणा माग गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै राजपा नेपालका सांसद महेन्द्र राय यादवले यस्तो माग गरेका हुन् ।  ‘छिमेकी देश चीन र भारत हाम्रा छिमेकी देश हुन् । राम्रो सम्बन्ध हुनुपर्छ । नेपाल र भारतको बहुआयामिक सम्बन्ध पनि छ ।

नेपाल र भारतको संयुक्त बैठक पनि हालै बसेको छ । यो बैठकले कास्मिर समस्याबारे परराष्ट्रमन्त्रीले स्पस्ट पारे । हामी भन्न चाहान्छौ– कास्मिरबारे सरकारले देशलाई गुमराहमा नराखोस्’ यादवले भने, ‘सरकारले कास्मिर समस्याबारे नेपाली जनतालाई जानकारी गराओस्, जसले राजनीतिक दलहरुलाई धारणा बनाउन सजिलो बनाउँछ ।’ 

उनले इपीजी सदस्यका नामहरुप्रति पनि आपत्ति जनाए ।  ‘इपीजी गठनमा आएका नाम एकपक्षीय र असन्तुलन देखिन्छ । प्रतिपक्षीलाई पनि समेटिएन । मधेसको प्रतिनिधित्व छैन । यो गठनले देशले निकास पाउँदैन’ सांसद यादवको भनाई थियो । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.