केन्द्रीय संस्करण
अन्तरवार्ता

'कम्युनिष्ट पार्टी अहिले कोमामा छ, त्यसैले मनपरि भइराखेको छ'

विगत १५, २० वर्षमा यहाँ हिँडिरहेको बाटोबाट अर्को नयाँ बाटो हिँड्ने प्रयास भएकै छैन : राम कार्की

person explore access_timeभदौ ९, २०७६ chat_bubble_outline0

नेकपाभित्र चिन्तनशील, अध्ययनशील नेताको छवि बनाएका राम कार्कीसँग रातोपाटीका लागि चन्द्र खाकी र बबिता शर्माले गरेको कुराकानी ।

मार्क्सवादी विश्वदृष्टिकोणबाट हेर्दा नेपालको वर्तमान राजनीतिक परिस्थतिलाई कसरी हेर्ने,कसरी बुझ्ने?

विगतको पाँच दशकमा प्राकृतिक विज्ञानले चमत्कारी विकास गर्‍यो तर समाज विज्ञान त्यसको समकक्षमा जान सकेन, त्यो पछाडि पर्‍यो । त्यसको परिणति के भयो भने आज जुन संकटबाट पूँजीवाद समाज गुज्रिरहेको छ, त्यो संकटबाट पार पाउने कसरी भन्ने विषयमा पूँजीवादी कित्ताभित्रै ठूलो अलमल रहेको हामी पाउन सक्छौं ।

*******

लेनिनको नेतृत्वको बोल्सेभिक जस्तो पार्टी त्यहाँ हुन्थ्यो भने अहिले अमेरिका, बेलायत, जर्मनी जहाँसुकै क्रान्तिको स्थिति छ, त्यति डरलाग्दो संकट छ ।

*******

लेनिनको नेतृत्वको बोल्सेभिक जस्तो पार्टी त्यहाँ हुन्थ्यो भने अहिले अमेरिका, बेलायत, जर्मनी जहाँसुकै क्रान्तिको स्थिति छ, त्यति डरलाग्दो संकट छ । संसदीय व्यवस्थाको जननी भनिएको ठाउँमा नै सबैभन्दा बढी संकटको स्थिति हामी देख्न सक्छौं । अहिले नेपालमा पनि देखिएको संकटको तुँवालो वास्तवमा पूँजीवादभित्रकै तुँवालो हो ।

*******

विगत १५,२० वर्षदेखि,माओवादी खुला भएर आएदेखि अध्ययन गर्दै जाऔं,हामीले कहीँ पनि हिँडिरहेको परम्परागत बाटोसँग सम्बन्ध विच्छेद गरेका छैनौं । जीवन चाहिँ पूँजीवादी बाँचेर समाजवादी बाटो तय गर्न सकिँदैन ।

*******

यो विगत १५, २० वर्षमा यहाँ प्वाइन्ट अफ डिपार्चर अर्थात् हिँडिरहेको बाटोबाट अर्को नयाँ बाटो हिँड्ने प्रयास भएकै छैन । जस्तो, यहाँ सरकारले बनाउने कार्यक्रम, नीति बजेटहरु करिब करिब समाजवादोन्मुख छैन । शिक्षा, स्वास्थ्य नीति तथा विकास रणनीति समाजवादअनुकूल छैन । विगत १५, २० वर्षदेखि, माओवादी खुला भएरआएदेखि अध्ययन गर्दै जाऔं, हामीले कहीँ पनि हिँडिरहेको परम्परागत बाटोसँग सम्बन्ध विच्छेद गरेका छैनौं । जीवन चाहिँ पूँजीवादी बाँचेर समाजवादी बाटो तय गर्न सकिँदैन । समाजवादी बाटो तय  गर्न सबैभन्दा पहिलो कुरा तपाईं पारदर्शी हुनुपर्छ । जनताको ग्रहणशीलता बढाइदिनुपर्छ ।

 ६०, ७० को दशकमा नेपालका वामपन्थी आन्दोलनको नेतृत्वमा देखिएका व्यक्तित्वहरु कम्युनिष्ट आदर्शहरु थिए । त्यसबेला रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन्द्र राजवंशी, कृष्ण कुँइकेल, नारायण श्रेष्ठ, आजाद, रत्नकुमार वान्तवा, हरि नेपाल लगायतका नेताहरुलाई मानिसहरुले आदर्श विम्बको रुपमा हेर्थे र त्यतिबेला उनीहरुको सादगी, खानपीन, लवाइ, बसाइ आचार विचारहरु पारदर्शी थिए ।

जनकपुर, महोत्तरीतिर एक समय म काम गर्दा त्यहाँका अधिकांश घरहरु खरका घर थिए । त्यहाँ यातायातको साधान साइकल थियो ।  आज त्यहाँ सबै घर पक्का घर बनेको छ र हरेक घरमा मोटरसाइकल छ । हाम्रा समर्थकहरुको जीवनमा आएको त्यो परिवर्तनले हामीलाई पनि स्वभाविक रुपमा फेर्छ । त्यसैले हाम्रो खुट्टामा फाटेको जुत्ता नखोज्नुस् अब, हामी जाडोले कामेको नहेर्नुस्, त्यस्तो नखोज्नुस् । त्यो त हाम्रा समर्थकलाई पनि भन्नुपर्‍यो तर साथसाथै हामी पनि पारदर्शी हुनुपर्‍यो । समर्थकहरुमा आएको परिवर्तनले नै हामीमा पनि परिवर्तन आएको छ भन्ने कुरा पनि बुझ्नु पर्‍यो ।

*******

हाम्रो कम्युनिष्ट आन्दोलनमा अहिलेसम्म राजनीतिक,सैद्धान्तिक गल्ती गरेको कसैलाई पनि  कारवाहीको कठघरामा उभ्याइँदैन । आन्दोलनमा कारवाही भनेको खालि पुरुष र महिलाको सम्बन्धलाई लिएर मात्रै भएको छ ।

*******

हाम्रो कम्युनिष्ट आन्दोलनमा अहिलेसम्म राजनीतिक, सैद्धान्तिक गल्ती गरेको कसैलाई पनि  कारवाहीको कठघरामा उभ्याइँदैन । आन्दोलनमा कारवाही भनेको खालि पुरुष र महिलाको सम्बन्धलाई लिएर मात्रै भएको छ । फेरि त्यो पुरुष र महिलाले नालिस दिएर होइन, अधिकांश चियोचर्चो गरेर भएको छ । त्यो भनेको एक प्रकारको सामन्तवादी सोच नै हो ।

समाजवादी आन्दोलन भनेको अन्तर्राष्ट्रिय आन्दोलन हो, यसको अन्तर्राष्ट्रिय आयाम पनि छ ।

उपरोक्त पृष्ठभूमिमा मैले भन्न खोजेको कुरा के हो भने, नेपालमा देखिएको संकट पूँजीवादभित्रको संकट हो । हामीले समाजवाद अवलम्बन गरेपछि मात्रै समाजवादमा संकटहरु देखापर्न थाल्छ । समाजवादमा पनि आफ्नो संकट छ । तर समाजवादका निम्ति संघर्ष गरेपछि मात्रै समाजवादी संकटहरु देखापर्न थाल्छ र त्यसलाई समाधान गर्दै जान हामी एउटा नयाँ सिद्धान्त अपनाउन सक्छौं ।

नेपाललाई अहिले एउटा नयाँ राजनीतिक कार्यदिशा र त्यसअनुकूल हुने संगठन चाहिएको छ । अहिले धुँवाधुँवा कुहिरीमण्डल देखिनुको कारण हामीले समाजवादी कार्यदिशा तय गर्न नसकेर नै हो ।

लोकतन्त्रमा हिजो निरंकुश भनिएका राजा सहजै हिँड्न सक्ने तर लोकतन्त्रका लागि लडेका,जीवनका उर्जामय समय खर्चेका परिवर्तनकारी शक्तिहरु चाहिँ अति चर्को सुरक्षा घेराभित्र बस्नुपर्ने ! यो कुराले के संकेत गर्छ?के नेतृत्वलाई सुरक्षाको भय हो वा आफूलाई आमजनताभन्दा विशिष्ट र भिन्न देखाउन खोज्ने हिजोको संस्कारले उनीहरुलाई आम जनताबाट अलग्याउँदै सुरक्षाघेराभित्र कैद गर्दै लगेको हो?

शोषकको शोषक बन्ने चाहना जन्मियो । शोषणको अन्त गर्न हिँडेकाहरुमा शोषकको शोषक बन्ने अर्थात् राजा त शोषणको प्रतिक थियो, त्यसको पनि शोषक ।


*******

स्केन्डेभियन देशहरुमा नेतृत्व वर्ग पनि सजिलै बसमा हिँड्छन् । अहिले हाम्रो प्रधानमन्त्री,हाम्रा नेताहरु जीपमा हिँडेर बाटोमा मान्छेलाई हात हल्लाउँदै हिँड्दा के हुन्छ?

*******

संस्कारलाई परिवर्तन गर्न नसकेको कुरा पनि हो यो । हामी स्केन्डेभियन देशहरुमा पनि देख्न सक्छौं, ती देशले धेरै कुरा समाजवादबाट पैँचो लिएको छ । र, त्यहाँका नेतृत्व वर्ग पनि सजिलै बसमा हिँड्छन् । अहिले हाम्रो प्रधानमन्त्री, हाम्रा नेताहरु जीपमा हिँडेर बाटोमा मान्छेलाई हात हल्लाउँदै हिँड्दा के हुन्छ ?

नेपाली जनताले नेपालका नेताहरुलाई पत्याएर उनीहरुको आव्हानलाई स्वीकारेर परिवर्तनका आन्दोलनहरुमा आफूलाई उतारे । तर तिनै आमजनताहरुले व्यवस्था बदलियो,तर आधारभूत अवस्थामा खासै बदलावहरु आएनन्,बरु नेताहरु चाहिँ पूरै बदलिए भन्ने खालका निराशाजनक,आक्रोशजनक र वितृष्णामुलुक भावनाहरु पोख्ने गरेको पाइन्छ । यो स्थितिले के कुराको संकेत गर्छ?

एउटा कुरा त ‘लिर्डस् द पिपुल डिजर्भ’ भन्छ । जनतासँग पनि हाम्रो गुनासो छ । अहिले म सांसद छु । झापा जस्तो विकसित मानिने ठाँउबाट म चुनाव जितेर आएको छु । मैले पाउने पारिश्रमिक ६०।७० हजार रुपैँया हुन्छ । त्यो दश पटक आवातजावत गर्दा सकिन्छ । मन्दिरलाई तीस हजार देऊ, पुराणलाई बीसहजार देऊ भनेपछि मैले कहाँबाट ल्याएर दिने ?

*******

अहिलेस्कूल लाईब्रेरीको सट्टा धेरै मन्दिर बन्नुले के देखाउँछ भन्दा जनता झन् भयाक्रान्त छ,झन भीरु भएको छ । यसमा हाम्रो पनि कमजोरी छ । तर,जनताको आलोचनात्मक चेत बढ्यो भने नेता ठीक हुन बाध्य हुन्छन् ।

*******

त्यहाँ हाम्रै पार्टीका साथीहरु छन् । अहिले स्कूल लाईब्रेरीको सट्टा धेरै मन्दिर बन्नुले के देखाउँछ भन्दा जनता झन् भयाक्रान्त छ, झन भीरु भएको छ । यसमा हाम्रो पनि कमजोरी छ । तर, जनताको आलोचनात्मक चेत बढ्यो भने नेता ठीक हुन बाध्य हुन्छन् ।

हिजोको निरंकुशकालीन समयमा शासकहरुलाई घेरेर राख्ने एउटा ककस हुन्थ्यो,जसको घेरालाई तोडेर आम जनताको आवाज शासकसम्म पुग्न सक्दैनथिए । अहिले परिवर्तित व्यवस्थामा पनि नेताहरुले आसेपासे र नातेदारहरुको त्यस्तै'कक'खडा गरिदिएको जसले,गर्दा नेताहरुको पहुँच आमजनताका लागि दुरुह बन्न गएको अनि सचिवालयमा खडा गरिएका नेतालाई घेरेर राख्ने त्यो ककसको भूमिका दलाल,विचौलियाहरुको रुपमा रुपान्तरिक भएको भन्ने आम भनाइलाई कसरी लिने,कसरी बुझ्ने?

यसलाई भत्काउने भनेको राजनीतिक कार्यदिशा अगाडि ल्याउनु पर्‍यो । कम्युनिष्ट पार्टी जीवन्त हुनु पर्‍यो । त्यो अहिले कोमामा छ । कम्युनिष्ट पार्टी कोमामा हुँदा मनपरि भैराखेको छ । पार्टीलाई भाईब्रान्ट बनाउने र अधोपतनबाट बचाउने भनेको बैचारिक राजनीतिक संघर्ष, दुई लाईन संघर्षनै हो ।  

नेतृत्वका रहनरहन विलासी भएको,उनीहरुको क्रियाकलापहरु,मुलतः आर्थिक क्रियाकलाप अपारदर्शी रहेको तथा दलाल पूँजीपतिहरुको चंगुलमा फस्दै गैरहेको छ भन्ने भनाइलाई के भन्नु हुन्छ?

यो यथार्थ हो । सुविधाले मान्छेलाई अपाहिज तुल्याउँछ । सुविधाहरु बढ्दै गएपछि मान्छे अपाहिज हुँदै जान्छ ।

तपाईंहरु त हिजो सशस्त्र संघर्ष गरेर आएका तत्कालीन माओवादी पार्टीका जिम्मेवार नेता हुनुहुन्छ । संक्रमणकालीन न्यायको कुरा यति लामो समयबितिसक्दा पनि घाँटीमा अड्केको हड्डी जस्तै बन्दै गइरहेको देखिन्छ?यो सवाललाई हल गर्न नसक्नुका परिदृश्य र कारणहरुबारे बताइदिनुहोस् न ।

यसलाई पनि पुँजीवादी अर्थको रणनीतिको रुपमा लिइयो । जस्तो सुरुमै कमरेड प्रचण्ड र गिरिजाप्रसाद कोइरालाले जनतासँग भन्नु पर्दथ्यो, ‘हामीलाई क्षमा दिनुस् । अतितमा जे भयो, तीतो अध्यायको बीचमा, त्यहसमा हामी नैतिकरुमा जवाफदेही छौं र  यसमा हामीलाई क्षमा दिनुस्’ भन्न सक्नु पर्दथ्यो । त्यसपछि नयाँ अध्याय सुरु हुन्थ्यो ।

*******

सुरुमै कमरेड प्रचण्ड र गिरिजाप्रसाद कोइरालाले जनतासँग भन्नु पर्दथ्यो, ‘हामीलाई क्षमा दिनुस् । अतितमा जे भयो,तीतो अध्यायको बीचमा,त्यहसमा हामी नैतिकरुमा जवाफदेहीछौंर  यसमा हामीलाई क्षमा दिनुस्’ भन्न सक्नु पर्दथ्यो ।

*******

अहिले ढिला भैसकेपनि जस्तो मैले एउटा प्रस्ताव गरेको थिएँ, संविधानले आफ्नो प्रस्तावना मै दलित र महिलाहरु प्रति फर्केर एकचोटि भन्नुपर्छ र स्वीकार्नुपर्छ  कि तपाईहरुमाथि हजारौँ वर्षदेखि यो समाजले अन्याय गरेको छ ।

यसको अर्थ बेलैमा गिरिजाबाबु र प्रचण्डले माफी नमागेकोले अब यो मुद्दा सुल्झाउन कठीन असम्भव बन्दै गएको हो?

स्वभाविक रुपमै शुरुमै त्यति गरिदिएको भए त्यसले जनताका बीचमा एउटा सन्देश जान्थ्यो र जनताको बीचमा रहेका कटुताहरु मेट्नलाई ठुलो सघाउ पुग्थ्यो । पछि व्यवहारमा त काँग्रेस र माओवादी सँगै मिलेर सरकार पनि चलाए । त्यसले त सिद्धान्तहिनतामात्रै भयो, बिर्सियो । व्यवहारिक रुपमा दुवै पक्षका सर्वोच्च कमाण्डरहरुले कि हामी अतितलाई बिदा गर्छौं त्यसलाई मेटाएर भविष्यमा हात मिलाएर अगाडि बढ्छौं भन्ने सन्देश दिनु पर्दथ्यो भन्ने मलाई लागेको हो ।

यसलाई हल गर्ने तरिका के हो त?

यसलाई हल गर्ने तरिकाको कुरा गर्दा पहिलो त युद्धमा संलग्न र खासगरी अरु कुनै पेशा नभएका मान्छेहरुलाई जीविकाको बाटो राज्यले दिन सक्नु पर्छ । त्यसका थुप्रै कुराहरु गर्न सकिन्छ । उदाहरणको लागि, जस्तो मासुमा आत्मनिर्भर बनाउने नेपाललाई । दुधमा आत्मनिर्भर बनाउ भनेर केही करोड, केही अर्व रुपैँया त्यहाँ छुट्याई दिन सकिन्थ्यो । मधेशका निम्ति जनकपुरमा मिथिला सभ्यता छ, त्यसको अध्ययन गर्न विश्वविद्यालय खोलिदिए हुन्छ नि । भक्तपुरको जुन आर्किटेक्चर छ, जुन काठको काम हुन्छ । त्यो कार्पेन्ट्रीलाई अध्ययनको विषय बनाएको भए पिएचडि गरिरहेका हुन्थे मान्छेले झ्या माथि । आजपनि भक्तपुरको झ्यालको आर्ट छ, विश्वको आर्किटेक्चरसँग त्यसले प्रतिष्पर्धा गर्छ । जनकपुरको, काठमाडौंको जुन सभ्यता संस्कृति थियो नि त्यसको सकारात्मक पक्षलाई राज्यले आफ्नो बनाउनै सकेन ।

*******

समाजको कुनै भाग जब सड्न थाल्छ त्यसलाई काट्नका निम्ति हिंसात्मक संघर्ष हुने गर्छ । यो शल्यक्रिया जस्तै हो ।

*******

द्वन्द्वमा यो किन जोडियो भने, त्यो अतितको राम्रो पक्ष थियो । समाजको कुनै भाग जब सड्न थाल्छ त्यसलाई काट्नका निम्ति हिंसात्मक संघर्ष हुने गर्छ । यो शल्यक्रिया जस्तै हो । शल्यक्रिया गरिसकेपछि त्यहाँ मल्हम लगाउने, धागो निकाल्ने, धागो राख्ने, जरुरी पर्दा तार राख्ने काम हुन्छ नि । समाजलाई एकपटक काटिसकेपछि त्यसको त्यही ढंगले उपचार हुनु पर्दथ्यो । त्यो उपचार गर्नका निम्ति त्यहाँ संलग्न मान्छेहरु रोएर, विलखबन्धमा पर्यौं भनेर छटपटाएको स्थिति हुनुहुँदैनथ्यो । उनीहरुलाई कुनै न कुनै उत्पादको कार्यक्रममा लैजानु पर्दथ्यो ।

*******

एनजिओले हैन कि नेपाल सरकारले नै दुवै तर्फका पीडितहरुलाई एक ठाउँमा राखेर सहकार्य गर्न दिने वातावरण निर्माण गरिनुपर्छ  । सहकार्यले सम्बन्धहरु बन्थे ।

*******

दोस्रो, एनजिओले हैन कि नेपाल सरकारले नै दुवै तर्फका पीडितहरुलाई एक ठाउँमा राखेर सहकार्य गर्न दिने वातावरण निर्माण गरिनुपर्छ  । सहकार्यले सम्बन्धहरु बन्थे । जस्तो माओवादीबाट मारिएका मान्छेहरु र सरकारको तर्फबाट मारिएका मान्छेहरुलाई एकै ठाउँ राख्दा र एउटै काम दिँदा कतिको बीचमा प्रेम सम्बन्ध बन्थ्यो होला । कतिको बीचमा सौहार्दता कायम हुन्थ्यो होला । हामीले जेलमा पनि अनुभव गरेको कुरा हो यो । जेलमा त कतिपय माओवादी पीडितहरु पनि पुगेका थिए र हामी माओवादीहरु पनि थियौँ । त्यहाँ हामीले सहकार्य गरेर एउटा सम्बन्ध स्थापित गरेका थियौँ उनीहरुसँग । त्यही कुरा राज्यले किन गर्न सक्दैन ?

संक्रमणकालीन न्यायकै कुरा गर्दा एकातिर विदेशी राजदूतहरु,निकायहरु र अन्तर्राष्ट्रिय संघसंस्थाहरु द्वन्द्वका पक्षधर संक्रमणकालीन न्यायलाई छिटो टुंग्याउन दवावसहित नेपाली नेताहरु विदेशी भूमिमा जाँदा पक्राउ पर्ने चेतावनी दिइरहेका छन् भने अर्कोतिर नेकपा अध्यक्ष प्रचण्ड चाहिँ हेग जान नपाएकोमा रोइलो गरेझैं गरी आफूलाई हेग लगिए हिरो बन्ने गफ चुट्दै हुनुहुन्छ । कृपया बताइदिनुहोस् न,हामीले यो समग्र परिदृश्यलाई कसरी लिने,कसरी बुझ्ने?

यसमा संस्थागतरुमा बोल्नु पर्छ । संस्था चाहिँ बोल्दैन,  नेता विशेष मात्रै बोल्छन् । त्यसैले नेता विशेष बोलेको कुरालाई संस्था बोलेको रुपमा नलिऔं ।

*******

एलीजाबेथ बेकर भन्ने पत्रकारको पुस्तक पढ्दैँ थिए । उनीहरुलाई सबैभन्दा के ठुलो पछुतो छ भने,पोलपोटलाई चाहिँ हेगमा ल्याउनै पाइएन । अन्तराष्ट्रिय अदालतमा उभ्याउनै पाइएन । उसले कन्फेस नै गरेन भन्ने छ ।

*******

जहाँसम्म पुँजीवादी संसार छ, त्यसको अगाडि हाम्रो कम्युनिष्टमा यत्रो अधोपतन भैसकेपनि उनीहरुको नजरमा त हाम्रो झण्डासँग पनि चिढ छ । जस्तो, यत्रो वर्ष शासन गरिसकेपछि कम्बोडियामा अहिले पनि धेरैलाई के पछुतो छ भने पोलपोटलाई चाहिँ कठघरामा उभ्याउन सकिएन । म केही दिन अघि एलीजाबेथ बेकर भन्ने पत्रकारको पुस्तक पढ्दैँ थिए । उनीहरुलाई सबैभन्दा के ठुलो पछुतो छ भने, पोलपोटलाई चाहिँ हेगमा ल्याउनै पाइएन । अन्तराष्ट्रिय अदालतमा उभ्याउनै पाइएन । उसले कन्फेस नै गरेन भन्ने छ । त्यसैले अहिले चिहान देखाइराखेका छन् । पोल्पोटको चिहान देखाएर पनि आफ्नो आक्रोश, रिसलाई शान्त गर्न खोजेका छन् ।

शान्तिप्रक्रियाका टुंगाउन तत्काल गरिहाल्नुपर्ने कामहरु के के हुन् त?

पहिलो, दुवै तर्फका पीडितहरुलाई सँगै राख्नुपर्‍यो । मुख्य कुरा क्षमा दिने कुरालाई प्रोत्साहित गर्नुपर्‍यो । कसरी क्षमा दिन सकिन्छ भनेर राज्यले वातावरण बनाई दिनु पर्‍यो ।

*******

दुवै तर्फका पीडितहरुलाई सँगै राख्नुपर्‍यो । मुख्य कुरा क्षमा दिने कुरालाई प्रोत्साहित गर्नुपर्‍यो । कसरी क्षमा दिन सकिन्छ भनेर राज्यले वातावरण बनाई दिनु पर्‍यो ।

*******

त्यसका लागि मैले माथि भने जस्तै सहकार्यको वातावरण निर्माण गरिदिने । तिनीहरुका छोराछोरी एकैठाउँमा नर्सिङ् पढ्दै छन् अथवा जेटिए पढ्दै छन्  अथवा प्लानमा सँगै गए भने स्वभाविक रुपमा उनीहरुबीचको कटुता कम हुँदै जान्छ । टाढा टाढा राखेर र त कम हुँदैन । उनीहरुलाई मिसिने, संलग्ने हुने वातावरण बनाइदिनुपर्छ ।  जव शेरबहादुर प्रचण्ड एकै ठाउँ बस्न सक्छन् भने उनीहरुलाई पनि सहकार्य गर्ने वातावरण बनाई दिनु पर्‍यो नि । उहाँहरु त सत्ताको कुर्सीका लागि एक ठाउँ हुनुभयो । जनतालाई खै कुर्सी ? जनतानै अट्ने कुर्सी त दिनु पर्‍यो नि । त्यो दिएर स्वभाविक रुपमा उनीहरु बीचमा भएका कटुताहरुलाई कम गर्न सकिन्छ ।

*******

शेरबहादुर प्रचण्ड एकै ठाउँ बस्न सक्छन् भने उनीहरुलाई पनि सहकार्य गर्ने वातावरण बनाई दिनुपर्‍योनि । उहाँहरु त सत्ताको कुर्सीका लागि एक ठाउँ हुनुभयो । जनतालाई खै कुर्सी?

 *******

दोस्रो, गम्भिर अपराधका लागि बेग्लै अदालत बनाउने । हामीले अदालतको पुनःसंरचना गर्न सकेका छैनौं । अहिलेको हाम्रो अदालत अतितका नजिरहरुलाई टेकेर हिँड्छ । त्यसो हुनाले पीडितहरुबाटै हामी न्यायाधीशहरु तयार गर्न सक्छौं । त्यसलाई नेपाल सरकारले जिम्मा लिइसकेपछि ‘कंगारु कोर्ट’ भन्न मिल्दैन । कति त कानुनी पृष्ठभूमि भएका मान्छेहरु छन्, पीडितहरु मध्येबाट । उनीहरुलाई राखेर लौ के गर्ने भन्न सकिन्छ ।

मैले मधेशको बारम्बार उदाहरण किन दिनेगर्छु भने उसलाई तपाईले विश्वास त गर्नु पर्‍यो नि । मधेशमा नागरिकताको समस्या छ भने पाँच पुस्तादेखि चिनिएका पाँचजना मधेशीहरुको समिति बनाएर गाउँगाउँमा गएर नागरिकता वितरण गर्ने जिम्मा दिइयो भने उनीहरुले सही ढंगले त्यो काम सम्पन्न गर्न सक्छ । किनभने उनीहरुलाई सबै थाहा छ : को ज्वाइँ हो, को दरभंगाबाट आएको हो । सबैभन्दा पीडित त उनीहरु नै हुन्, उनीहरुकै भाग खोसिन्छ ।  त्यसकारण उनीहरुलाई नै त्यो जिम्मा दिऔं न । स्याङ्जाको मान्छे वीरगञ्जमा सिडियो भएर बस्छ । को कहिले आको, को कहिले गाको उसलाई थाहा नै हुँदैन । हामीले मधेशीलाई नै किन विश्वास नगर्ने ?

तेस्रो, एउटा ठोस निष्कर्षमा पुगेर अन्तराष्ट्रिय रुपमा नेपाल सरकारले घोषणा गरिदिनुपर्छ कि हामीले यो निश्कर्षमा पुर्‍यायौँ भनेर ।

यति गरियो भने शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सकिन्छ ।

इतिहासको खास कालखण्डमा आवश्यकताको सिद्धान्तले शक्तिशाली बन्न पुगेका राजनीतिक दलका शीर्ष नेताहरुलाई कालान्तरमा अति शक्तिशाली बनाइएको,उनीहरुका इच्छासामु सामु पार्टी पद्दति,विधान र नीति नियमहरु गौण बन्ने गरेको र सबैकुराको अन्तिम टुंगो उनीहरुकै निर्णयबाट मात्रै हुन सक्ने विचित्रको परिपाटी नेपालका राजनीतिक दलहरुमा स्थापित भएको देखिन्छ । के यसो भन्दा गलत हुन्छ?

यो अहिले देखिएको कुरा मात्रै हो । कालान्तरमा त्यसले अराजकता जन्माउँछ । र, कहीँ पनि उहाँहरुको निर्णय मान्य नहुने स्थिति उत्पन्न हुन सक्छ ।

*******

ज्ञानेन्द्रलाई पाँचर्ष नेपाली जनताले सन्चोले बस्न दिएन भने हामी जनताका छोराहरु,किसान मजदुरको कुरा गरेर आएका मान्छेहरुलाई राजा बनेको स्वाङ् गरेर घोषणा गर्दै हिँडेर कति दिन सहला नेपाली जनताले?

*******

आफूले उपभोग गरिरहेको अधिकार संस्थालाई फिर्ता नगर्ने हो भने नेपालमै एउटा नजिर छ, ज्ञानेन्द्र महेन्द्रका छोरा । असाध्यै कराँतीला राजाका छोरा । ज्ञानेन्द्रलाई पाँच वर्ष नेपाली जनताले सन्चोले बस्न दिएन भने हामी जनताका छोराहरु, किसान मजदुरको कुरा गरेर आएका मान्छेहरुलाई राजा बनेको स्वाङ् गरेर घोषणा गर्दै हिँडेर कति दिन सहला नेपाली जनताले ?

कुनै बेला एक आव्हानमा दशौं हज्जार युवा नागरिकहरु सडकमा उतार्न सक्ने नेताहरुको साख यतिखेर माटोमा मिलेको देखिन्छ । तिनै नेतालाई यतिखेर युवा पुस्ता डुङडुङ्ती गनाए भनेर चर्को आलोचना गर्ने गर्छन् । एक हिसाबले भन्ने हो भने हिजो महान् परिवर्तनको नेतृत्व गर्ने नेताहरुको साख,इज्जर र मान यतिखेर धूलीसात हुँदै गएको देखिन्छ तर त्यो कुराको आत्मबोध र आत्मानुभूति नेतृत्ववर्गमा हुनसकेको चाहिँ देखिँदैन । यस्तो किन हुन्छ?

तपाईकै अघिल्लो प्रश्नले यसको उत्तर पनि दिन्छ । तपाईकै प्रश्नहरुमा उत्तर पनि छ । किनभने नेताले प्राप्त गर्ने सबैभन्दा ठूलो सम्पति भनेको नैतिक प्राधिकार हो । नैतिक प्राधिकार जब हामीले पैसामा र सुविधामा साट्न थाल्छौं, त्यसपछि त्यो कमजोर हुन्छ । नेतासँग हुने भनेको नैतिक अधिकार मात्रै हो । जस्तो मार्क्सले आज पनि शासन गरिरहेका छन् । उनले बन्दुक जम्मा गरेनन् । सुन जम्मा गरेनन् । उनको मलामी मुस्किलले एक दर्जन थिए । तर उनको नैतिक प्राधिकारले आजसम्म आवाज छरिराखेको छ । आज पनि चिनियाँहरु आफ्नो नोटमा माओत्सेतुङ् छाप्न बाध्य छन् ।

नेता भनेका को हुन्?नेता भनेको जनताका मुक्तिदाता हुन्?अथवा वारिस् प्रतिनिधि हुन् जसले जनताका इच्छाहरुलाई क्रियान्वित गर्छ?

नेता भनेको कम्युनिष्ट अर्थमा अग्रदस्ता हो । जसले जनसमुहमा उन्नत चेतना प्रदान गर्दछ । त्यो जनताबाटै लिन्छ कच्चा मालको रुपमा, त्यसलाई परिमार्जित गर्छ र जनतालाई फिर्ता गर्छ ।

मुलुकको इतिहासलाई फर्केर हेर्ने हो भने नेपालमा ठूला ठूला राजनीतिक परिवर्तनहरु हुने तर त्यसको व्यवस्थापनमा चाहिँ हामी सधैं चुकिरहने,जसको कारण पुनः अर्को खालको व्यवस्था परिवर्तनको दिशामा मुलुक अघि बढिहाल्ने हुने गरेको देखिन्छ । यस्तो किन हुन्छ?यो भनेको राजनीतिक नेतृत्व परिवर्तित राजनीतिक व्यवस्थाको व्यवस्थापनमा चुकेको हो या भएका परिवर्तनहरु समग्र परिवर्तन नभई आधा,अधुरो,अपुरो परिवर्तन भएका कारण मुलुक सधैं आन्दोलित भइरहनुपर्ने स्थिति पैदा भएको हो?

यसको समाजशास्त्रीय कारण पनि छ । किनभने यो देशको खस, किराँतहरुमा व्यवस्थापकीय काम गर्ने जिम्मेवारी कहीँ पनि विभाजन भएको थिएन । खसभित्र धर्मकर्म गर्ने, ज्ञान लिने काम छुट्याइएको छ,  लड्ने काम छुट्याइएको छ,  कृषिकर्म छुट्याइएको छ तर व्यापार बन्दोबस्त कसले गर्ने भन्ने छैन । जस्तो कर्णालीमा हेरौं । त्यहाँ व्यापार कसले गर्ने भन्ने जाति छैन । वाहुनदेखि लिएर सवै कर्म गर्ने कार्यविभाजन गरिएको समग्र नेवार जातिलाई चाहिँ वैश्य भन्दियो, खस पुरोहितहरुले । जब कि त्यो नेवारभित्र सवै जाति छ र त्यहाँ श्रमविभाजन, कार्यविभाजन भएको छ । किराँततिर पनि लड्ने कुरा छ, कृषिको कुरा छ  तर व्यापार बन्दोवस्त कसले गर्ने भन्ने छैन । पहाडमा बस्ने जुन जातिहरु छन्, यिनीहरुभित्र व्यवस्थापकीय जिम्मेवारीसहितको त्यो श्रम विभाजननै भएन ।

*******

अहिले राजनीतिक परिवर्तन भयो,राजा छैन । तर राजा नभएको राजनीतिक परिवर्तनको कुरो आर्थिक,सामाजिक र साँस्कृतिक ठाउँ ठाउँमा पुगेको छैन ।

*******

अव राजनीतिक अर्थमा हेर्दा जहिले पनि समाज परिवर्तनको मुद्दालाई आर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रमा विस्तार नगरेसम्म त्यो पूरा हुँदैन । जस्तो अहिले राजनीतिक परिवर्तन भयो, राजा छैन । तर राजा नभएको राजनीतिक परिवर्तनको कुरो आर्थिक, सामाजिक र साँस्कृतिक ठाउँ ठाउँमा पुगेको छैन । खासगरी साँस्कृतिक क्षेत्रमा त्यो नपुगेको हुनाले अरु रजवाडा जस्तो देखिन्छन् अहिले । एउटा राजा गयो र हजारौं रजवाडाहरु जन्मिए जस्तो देखिन्छन् अहिले । प्रजातन्त्रलाई घनिभूत पारेर संस्थागत गर्दै लैजान आवश्यक छ । यहाँ त राजनीतिक संस्थाहरु नै खतम भएपछि के हुन्छ ? प्रजातन्त्रलाई शक्तिशाली बनाउने भनेको संस्थाले नै हो, व्यक्तिले होइन ।

*******

नेहरुले प्रधानमन्त्री भइसकेपछि निर्णय लिनका लागि मुख्यमन्त्रीको सल्लाहको लागि आवश्यक नै नहुने कुरामा पनि चिठ्ठी लेखेर राय लिने गर्थे ।  किनभन्दा उनले त्यहाँ आफ्नो खालको प्रजातन्त्रलाई बलियो बनाउनको लागि त्यसो गर्ने गर्थे ।

*******

यहाँ म भारतीय प्रधानमन्त्री नेहरुको उदाहरण प्रस्तुत गर्न सान्दर्भिक ठान्छु । जस्तो नेहरुले प्रधानमन्त्री भइसकेपछि निर्णय लिनका लागि मुख्यमन्त्रीको सल्लाहको लागि आवश्यक नै नहुने कुरामा पनि चिठ्ठी लेखेर राय लिने गर्थे ।  किनभन्दा उनले त्यहाँ आफ्नो खालको प्रजातन्त्र, जसलाई उनी समाजवाद नै भन्थे, लाई बलियो बनाउनको लागि त्यसो गर्ने गर्थे ।

अब आज स्थिति के देखियो भने जम्मु कश्मिरसँग त्यहाँको जनता, निर्वाचनबाट चुनिएका जनप्रतिनिधिलाई त्यहीँ निर्वाचनबाट जितेका उनीहरुलाई यि बेकारका दलालहरु हुन् । जनतालाई प्रतिनिधित्वनै गर्दैनन् भन्न थालियो ।

आफू पनि जनताबाट चुनिएर आएका हुन् । उनीहरुलाई जनताले चुन्दा चाहिँ ठीक हुने तर जम्मुकाश्मिरका जनताले चुनेकाले चाहिँ त्यहाँको प्रतिनिधित्व गर्दैन भन्ने जुन कुरा  सुनिँदैछ नि अहिले, त्यो अप्रजातान्त्रिक चरित्र, सोच कस्तो हुन्छ भन्ने कुराको त्यहाँ उदाहरण देखिन्छ ।

साम्यवादी खेमामा सर्वाधिक आलोच्य विषयहरुमध्येका एउटा चाहिँ घाट लानेबेलासम्म पनि नेतृत्वमै टाँसिइरहने प्रवृत्ति पनि हो । शारीरिक–मानसिक अवस्थाले पनि अभिभावत्व तथा संरक्षकको भूमिकामा बस्नुपर्ने रहनुपर्ने स्थितिमा पुगिसकेकाहरुमा पनि किन सक्रिय नेतृत्वकै अभिलाषा चर्को रुपमा रहने गर्छ?अर्को भाषामा भन्ने हो भने किन डेलिभरी’ दिन सक्ने युवा पुस्ता नेतृत्व हस्तान्तरण गर्ने संस्कार र संस्कृतिको विकास नेपालका राजनीतिक पार्टीहरुमा हुन सकिरहेको छैन?

यो नेपालको मात्रै कथा होइन । विश्व कम्युनिष्ट आन्दोलनकै ठुलो समस्या हो । कि उत्तराधिकारी को ? अहिलेको व्यवस्था अनुसार तपाईंको सम्पत्ति, खेतबारीको उत्तराधिकारी तपाईंको छोराछोरी हुने हो । राजनीतिक उत्तराधिकारी को भन्ने कुरामा तपाईंका कुरा हुबहु जे पनि मान्ने मान्छे शिष्य हुन्छ । त्यो धर्ममा ठीक छ । राजनीतिमा तपाईंका कमजोरी देखाउँदै, सोचाइलाई अझ विकास गर्ने मान्छेलाई उत्ताराधिकारी बनाउनु पर्ने हुन्छ ।

*******

कम्युनिष्ट आन्दोलनको दुर्गुण त्यही सामन्ती संस्कार, त्यही धर्मको संस्कार शिष्य खोज्ने । यसले मैले गल्ती काम गर्दा पनि समर्थन गरेको थियो भन्ने भएपछि त्यो पक्का उत्तराधिकारी भयो ।

*******

तर कम्युनिष्ट आन्दोलनको दुर्गुण त्यही सामन्ती संस्कार, त्यही धर्मको संस्कार शिष्य खोज्ने । यसले मैले गल्ती काम गर्दा पनि समर्थन गरेको थियो भन्ने भएपछि त्यो पक्का उत्तराधिकारी भयो । राम्रो काम गर्दा त देशभरिकाले समर्थन गरिहाल्छन्, तपाईंले नराम्रो काम गर्दा पनि जसले समर्थन गर्‍यो, त्यो चाहिँ उत्तराधिकारी भन्ने सोच सामान्ती सोच हो ।

त्यसैले आफ्नोप्रति आलोचनात्मक मान्छेलाई आफ्नो उत्तराधिकारी बनाउनुपर्छ । जस्तो, हेगेलको उत्तराधिकारी, माक्र्स र माक्र्सको उत्तराधिकारी लेनिन भए । किनभने माक्र्सवाद माथि लेनिनले धेरै प्रश्नहरु उठाएका छन् र थुप्रै परिवर्तन, संशोधन र विकास गरेका छन् । 

यसको अर्थ कुरा मार्क्सवादको गर्ने,व्यवहार धर्मवाद भयो?

हो, धर्मवाद भयो ।

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...