बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टोट्टनहामलाई न्युक्यासलको झट्का

सोमबार, ०९ भदौ २०७६, ०९ : ३८
सोमबार, ०९ भदौ २०७६

इङ्लिश प्रिमियर लिग फुटबलमा टोट्टनहामलाई न्युक्यासल युनाइटेडको नमिठो झट्का लागेको छ । घरेलु मैदानमा आईतबार राति भएको खेलमा टोट्टनहाम न्युक्यासलसँग १–० गोलले पराजित भयो । 

न्युक्यासलको जितमा जोयलिन्टनले २७औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । मध्यभागमा अधिकांश समय बल नियन्त्रणमा राखेको टोट्टनहामले गोल गर्न भने सकेन । 

लिगमा पहिलो जित हात पारेको न्युक्यासलले तीन खेलबाट तीन अंक बनाएको छ । पहिलो हार खेपेको टोट्टनहामको तीन खेलबाट चार अंक छ । लिग अन्तर्गत आईतबार रातिनै भएको अर्को खेलमा वल्भ्स र बर्नलीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप