शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

घुस लिएको अभियोगमा अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर

आइतबार, ०८ भदौ २०७६, २२ : ४०
आइतबार, ०८ भदौ २०७६

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, मकवानपुरका अधिकृत चन्दनकुमार अमात्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
 
उद्योग दर्ताका लागि प्रारम्भिक वातावरणीय मूल्याङ्कन (आइइई) स्वीकृत गर्ने प्रयोजनाका लागि विभिन्न बहाना गरी अमात्यले रु ५० हजार घुस मागेको आरोप लागेको छ । आयोगले बिगो असुल गरी कानूनअनुसार कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
 
यस्तै आयोगले आज पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र सङ्काय डिनको कार्यालय विराटनगरमा कार्यरत मुख्य अधिकृत गिरिराज कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । काठमाडौँका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीको समस्या समाधान गरिदिने भन्दै कोइरालाले रु छ लाख ७५ हजार बराबरको घुस माग गरेको भन्ने आरोप लागेको छ ।

विद्यार्थीले जरीवानास्वरुप तिर्नु बुझाउनुपर्ने रकम मिलाइदिने भन्दै घुस मागेको पुष्टि भएको आयोगले दाबी गरेको छ । आयोगले बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै आज मुद्दा दायर गरेको हो ।
 
आयोगले जिल्ला प्रशासन कार्यालय बारामा कार्यरत नायब सुब्बा सनोज महत्तोविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । पुरानो मुद्दाको पेशी चढाई चाँडै मुद्दा फैसला गरिदिने भन्दै एक सेवाग्राहीसँग महत्तोले रु दश हजार घुस माग गरेको आरोप लागेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप