बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिटीको सहज जित

आइतबार, ०८ भदौ २०७६, २२ : ०४
आइतबार, ०८ भदौ २०७६

एजेन्सी- साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । आइतबार बेलुका भएको खेलमा सिटीले बर्नमाउथलाई ३–१ गोलले हरायो । बर्नमाउथको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले १५औं र ६४औं मिनेटमा दुई गोल गरे ।  

रहिम स्ट्रर्लिङले ४३औं मिनेटमा एक गोल गरेका थिए । बर्नमाउथका लागि ह्यारी विल्सनले ४५औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए ।  जितसँगै सिटीले तीन खेलबाट सात अंक बनाएको छ । लिगमा पहिलो हार खेपेको बर्नमाउथको समान खेलबाट चार अंक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप