शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिनामंगलमा ट्रिपरले दियो ३ वटा मोटरसाइकललाई ठक्कर, एक जनाको घटनास्थलमै मृत्यु

आइतबार, ०८ भदौ २०७६, २१ : ४९
आइतबार, ०८ भदौ २०७६

काठमाडौं – काठमाडौंको सिनामंगलमा ट्रिपरले तीन वटा मोटरसाइकललाई ठक्कर दिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । यता तीन जना घाइते भएका छन् । मृत्यु हुनेको सनाखत हुन सकेको छैन् ।

घाइते मध्ये एकको सिभिल अस्पतालमा उपचार भइरहेको छ भने २ जनाको केएमसी अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार ठक्कर दिएपछि ट्रिपर भागेको थियो । ट्रिपरको नम्बर समते खुल्न सकेको छैन । दुई वटा मोटरसाइकलको भने नम्बर खुलेको छ । जसमा बा ८५ प ५६९ र ज ४३ प ९७५३ नम्बरको मोटरसाइकल रहेका छन् । 

एउटा मोटरसाइकलको भने  नम्बर खुल्न सकेको छैन । ट्रिपरको खोजी कार्य जारी रहेको सुवेदीले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप