बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा नेपाली मूलका उत्सव सिंहलाई शारीरिक सुगठनमा स्वर्ण पदक

आइतबार, ०८ भदौ २०७६, २१ : २७
आइतबार, ०८ भदौ २०७६

डिसी – अमेरिकाको टेक्ससमा बस्दै आएका नेपाली मूलका उत्सव सिंहलाई शारीरिक सुगठनमा स्वर्ण पदक प्राप्त भएको छ । टेक्सस राज्यको ड्यालसमा विगत ५ बर्ष देखि बसोबास गर्दै आएका सिंहको पुर्खौली घर बुटवल हो ।

बुटवल शहर उप नगरपालिका कै रैथाने सिंहले प्रतियोगतामा स्वर्ण पदक प्राप्त गरि नेपाल र नेपालीको नाम राख्न सफल भएकोमा गर्व लागेको बताए ।

गत अगस्त २४ का दिन अमेरिकाको मेरिल्याण्ड राज्यको लरेल शहरमा सम्पन्न एनपीसी क्यापिटल ग्रान्ड प्रिक्स प्रतियोगितामा सिंहलाई स्वर्ण पदक प्राप्त भएको हो।  ट्रु नोविस ए मेन्स फिजिक्स श्रेणीमा उनले प्रथम स्थान हासिल गरेका हुन् ।

अमेरिकामा हालसम्म भएको शारीरिक सुगठनमा स्वर्ण पदक प्राप्त गर्ने उत्सव सिंह सम्भवत पहिलो नेपाली हुन् । 

उनी उक्त प्रतियोगितामा भाग लिने एक मात्र नेपाली हुन् । टेक्सस ड्यालस मै दैनिक अभ्यास गर्ने गरेता पनि प्रतियोगिताको लागि उनि डिसी आएका हुन् ।

दैनिक ६ घण्टा बिहान र साँझ ३ घण्टा कसरत गर्ने गरेको सिंहले बताए । 

नेपालदेखि नै शारीरिक सुगठन प्रतियोगितामा भाग लिँदै आएका सिंहले नेपालमा भएका विभिन्न प्रतियोगितामा पदक प्राप्त गरेका छन् ।

उनि नेपालमा छँदा ७० केजी तौल समूहमा मिस्टर भक्तपुरमा तेश्रो स्थान प्राप्त गरेका थिए । नेपालमा शारीरिक सुगठनको अन्य खेल खेलेका छन् ।

भक्तपुरमा भएको अर्को प्रतिस्प्रद्धामा मिस्टर बडी बिल्डिंग अफ द यिएरमा दोश्रो र भैरहवामा भएको मिस्टर नेपालमा सहभागी हुँदा आफ्नो तौल समुहमा तेश्रो स्थान समेत भएका थिए ।

यसै गरि बुटवल श्री प्रतियोगितामा आफ्नो तौल समूह प्रतियोगितामा तेश्रो स्थान हासिल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप