केन्द्रीय संस्करण

सिंगापुरबाट प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

person explore access_timeभदौ ८, २०७६ chat_bubble_outline1
फाइल तस्विर

काठमाडौं – उपचारको क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले भिडियो ‘कन्फरेन्स’ बाट छलफल गर्ने गरि मन्त्रिपरिषद बैठक बोलाएका हुन् । 

बैठक सोमबार १२ बजे सिंहदरबारमा बस्नेछ । सरकारले आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था गरेको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रधानमन्त्री बैठकमा प्रत्यक्ष उपस्थित नभएको अवस्थामा समेत भिडियो ‘कन्फरेन्स’लगायतका सूचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था थप गर्ने निर्णय भएको थियो ।

नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ मा संशोधन गरी प्रधानमन्त्री अनुपस्थित भएको अवस्थामा प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्ने व्यवस्था मिलाइएको हो । विगतमा यस्तो परम्परा थिएन ।

लामो समययता मिर्गौलाको उपचार गराइरहेका प्रधानमन्त्री ओलीले सिंगापुर बसाई लम्बिने भएको छ । प्रधामन्त्री ओली बिहीबार सिंगापुर प्रस्थान गरेका थिए । उनको अहिले  सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ । 
 

कमेन्ट

  1. Aug. 25, 2019, 10:54 p.m. Disgruntled
    यो रोगको काललाई किन प्रधानमन्त्री बनाईराख्नु पर्यो ? यो के पी chorle देश लाइ बन्दक बनायो / यो उखानेले नेपाल झन् गरिब र दरिद्र बनायो / nepal मा एउटा राम्रो होस्पिटल बनाउनुको साटो उपचार बनाउन singapore जान्छ / Kati नेपाली Tyo privilege छ ? Don’t vote कम्युनिष्ट next time।
  2.  1 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...