केन्द्रीय संस्करण

बैकिङ प्रणालीबाट मात्र पारिश्रमिक  भुक्तानी गरौँ : श्रममन्त्री विष्ट

person explore access_timeभदौ ८, २०७६ chat_bubble_outline0

काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमीकहरुको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गरेका छन् । 
सामाजिक सुरक्षा कोषले आइतबार आयोजना गरेको होटल संघ नेपाल र मन्त्रालयबीचको संयुक्त अन्तरक्रियामा मन्त्री विष्टले रोजगारदाताहरुलाई बैकिङ प्रणालीबाट पारिश्रमिक भुक्तानी गर्न सचेत गराएका हुन् । 
कुनै पनि रोजगारदाताले आफ्ना श्रमिकलाई नगद भुक्तानी गरेको देखिएमा श्रमिकले ज्याला प्राप्त गरेनन् भन्ने निष्कर्षमा सरकार पुग्ने भन्दै उनले त्यसपछि सरकार अर्को कदम चाल्न बाध्य हुने बताए ।

उनले भने,‘केही समय पछाडि नगद भुक्तानी गर्न पाउँदैनाँै । यदि नगद भुक्तानी गरेको अवस्था भेटियो भने श्रमिकले ज्याला प्राप्त गरेनन भन्ने निष्कर्ष हुन्छ र सरकारवजे अर्को प्रकारको प्रक्रिया अगाडि बढाउँछ ।’

कार्यक्रममा होटल संघ नेपालकी अध्यक्ष श्रृजना राणाले राज्यले पर्यटन क्षेत्रलाई आर्थिक मेरुदण्डको रुपमा व्याख्या गर्ने गरेको भएपनि होटल व्यवसायलाई उद्योगको दर्जा नदिएकाले राज्यबाट पाउने सुविधाबाट बञ्चित हुनुपरेको गुनासो गरिन् । उनले २० जना भन्दा कम कार्यरत होटल संचालक र श्रमिकलाई सामाजिक सुरक्षा योजना स्वच्छिक हुने व्यवस्था गर्न माग गरिन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा समस्या देखिएपछि सामाजिक सुरक्षा कोषले क्षेत्र विशेषलाई प्राथमिकतामा राखेर अन्तरक्रियाहरु संञ्चालन गर्दै आएको छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...