शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एरजहोस्टेस भन्दै फेसवुक मार्फत सम्पर्क गरी ठगी गर्ने महिला पक्राउ

आइतबार, ०८ भदौ २०७६, २० : ३३
आइतबार, ०८ भदौ २०७६

काठमाडौं – एरजहोस्टेस भन्दै फेसवुक मार्फत सम्पर्क बढाइ ठगी गर्ने झापा अर्जुनधारा नगरपालिका ६ की  २७  वर्षीया तविता राई पक्राउ परेकी छन् ।

गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा नक्कली फेसवुक आइडी खोली फ्रेन्ड रिक्वेस्ट पठाई म्यासेजमा कुरा गरी नजिकिँदै ठगी गरेको आरोपमा राई पक्राउ परेकी हुन् ।

उनले आफ्नो घर सिक्किम रहेको र आफु जेट एयरलाइन्सको एयर होष्टेसको रुपमा काम गर्दै आइरहेको बताउँदै आएकी थिन् ।

आकश्मिक समस्या देखाई विभिन्न पुरुषसँग रकम माग गरी ठगी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । 

दुई जना पुरुषको उजुरीको आधारमा पक्राउ परेकी राईमाथि   जिल्ला अदालत झापावाट ६ दिन म्याद थप गरि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप