शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘पासवर्ड’ को ट्रेलरमा पनि सन्नीको आइटम

आइतबार, ०८ भदौ २०७६, २० : ०२
आइतबार, ०८ भदौ २०७६

काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनीको आइटम नृत्य रहेको फिल्म हो ‘पासवर्ड’ । २७ भदौ रिलिज मिति तोकिएको फिल्मले अहिले ट्रेलर सार्वजनिक गरेको छ । फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा प्रचार प्रसारलाई तिब्रता दिन निर्माण युनिटले ट्रेलर ल्याएको हो ।

नेपालबाट चोरिएर लण्डन पुर्याइएको एक मूर्तिको कथामा फिल्म बनेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ । सम्राट बस्नेतको निर्देशन रहेको फिल्मको ट्रेलरमा सन्नीको आइटमले पनि प्रथामिकता पाएको छ ।  निर्माण युनिटका अनुसार उनी फिल्मको प्रिमियरका लागि नेपाल आउँदै छिन् । एक्सन–लभस्टोेरी फिल्मको अघिकांश छायांकन यूकेमा भएको हो । 

अनुप विक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारहरुको फिल्ममा अभिनय छ । एबी इन्टरनेशनलको व्यानरमा निर्मित फिल्ममा अर्जुन पोखरेलको संगीत छ । निर्देशक बस्नेत स्वयंको फिल्ममा  द्वन्द्व पनि छ । 
 

अमरजीत सिंहको छायांकन र सौरभ लामाको डिओपी रहेको ‘पासवर्ड’को पटकथा निर्देशक बस्नेत र महेश दवाडीले लेखेका हुन् । भने, कथा सिमा गुरुङको हो । अंकित गौतमको कार्यकारी निर्माता रहेको फिल्ममा अमित बस्नेत र हिराल जोशी निर्मातामा छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप