बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘मारुनी’ गीत: रेविकालाई हाने पुष्पले झटारो

आइतबार, ०८ भदौ २०७६, १९ : ४५
आइतबार, ०८ भदौ २०७६

काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित ‘मारुनी’ भदौ १३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । निर्माण युनिट कलाकार सहित फिल्म प्रचार प्रसारका लागि अहिले मोफसल टुरमा रहेको छ । 
सबै युनिट मोफसल यात्रामा रहेको समयमा पनि निर्माण युनिटले फिल्मको नयाँ गीत सार्वजनिक गरेको छ ।

फिल्मको ‘हाने मैले झटारो’ बोलको गीत सार्वजनिक गरिएको छ । अन्जु पन्त र कृष्ण काफ्लेको स्वर रहेको यो गीतमा पुरुषोत्तम ढुंगेल र कृष्ण काफ्लेको शब्द, कृष्णकै संगीत छ । गीतमा फिल्मका मुख्य कलाकार पुष्प खड्का र रेविका गुरुङ देखिएका छन् ।

विगत केही दिनदेखि मोफसल टुरमा निस्किएको फिल्म युनिट आज नेपालगञ्ज पुगेको छ । नेपालगञ्जको कन्सर्ट सकाएर युनिट काठमाडौं फर्कनेछ । कन्सर्टमा साम्राज्ञीसँगै नायक पुष्प खड्का, निर्देशक नवल नेपाल, निर्मात्री पूनम गौतम, गायक कृष्ण काफ्ले सहभागी हुनेछन् ।

पोखरा, चितवन, धरान लगायत बिभिन्न स्थानमा कार्यक्रम सहित फिल्म प्रचार सकाएर फिल्म युनिट नेपालगञ्ज पुगेको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप