माधवनारायणमा १ हजार परिवारलाई सोलार वितरण
आइतबार, ०८ भदौ २०७६, १९ : ३९
रौतहट– रौतहटको पूर्वी भेग माधवनारायण नगरपालिका अन्तर्गत एकहजार परिवारलाई सोलार वितरण गरिएको छ । माधवनारायण नगरपालिकामा एक विशेष कार्यक्रमको आयोजना गरी मेयर वीरेन्द्र यादवले सोलार बत्ति वितरणको शुभारम्भ गरेका थिए ।
नगरपालिकाका वडा नं १ देखी ९ सम्मका एक हजार घरपरिवारलाई बत्ति बल्ने सोलार वितरण गर्ने काम भइरहेको नगर प्रमुख यादवले बताएका छन् । उर्जा मन्त्रालय अन्तर्गत रहेका वैकल्पिक उर्जा केन्द्रले उपलब्ध गराएको झण्डै एक करोड रुपैयाँ लागतको एक हजार थान सोलार वितरण गरिरहेको हो ।
सीएफएल बत्ती बल्ने र २० वाट क्षमता भएको सोलारले रातभर चारवटा बत्ति बल्न सक्ने मेयर यादवले बताए । रातमा विद्युत लाईन नहुने समयमा अध्याँरो नहोस् भन्ने उद्देश्यका साथ सोलार वितरण कार्य गरिरहेको मेयर यादवको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा