शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गणतन्त्रमाथि हमाला गर्ने शक्तिहरु सक्रिय भए : सञ्चारमन्त्री बास्कोटा

आइतबार, ०८ भदौ २०७६, १९ : २९
आइतबार, ०८ भदौ २०७६

बुटवल – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले गणतन्त्रमाथी खतरा नभएको तर गणतन्त्रलाई हमाला गर्ने शक्तिहरु जिवीतै रहेको बताएका छन् । 

प्रेस संगठन रुपन्देहीद्धारा आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले गतणतन्त्रमाथि खतरा आइसकेको नभई लोकतन्त्रमाथि आक्रमण गर्नेहरु सक्रिय भएको बताएका हुन् ।

गणतन्त्रमाथि हमाल गर्ने शक्तिहरु साना सना  बिषयहरु खोजेर आक्रमण गर्न बेला बेला सलवाउने गरेको बताए ।

मन्त्री बास्कोटाले  त्यस प्रकार शक्तिहरु सधँै पराजय बन्ने दावी गरे ।  कार्य सम्पादन सम्झौतापछि सचिवको सरुवाले मन्त्रालयको कामकाज प्रभावित नहुने उनको दाबी छ । 

उनले कर्मचारी तन्त्रलाई जिम्मेवार बनाउनको लागि  सो कार्य गरिएको  बताए । उनले प्रधानमन्त्री पनि मन्त्रीसँगै गर्ने बताए । मन्त्री  परिवतर्न भए पनि त्यो सम्झौता अनुसार काम अगाडी जाहोस् भनेर यस्तो गरिएको उनको भनाई थियो । 

यस्तै फकर प्रसंगमा सरकारले मिडियालाई नियन्त्रण गर्ने नभई नियमन गर्ने बताउदै उनले त्यसैका लागि सरकारले मिडिया सम्बन्धी नयाँ कानून ल्याउन लागेको उल्लेख गरे । 

उनले मिडिया सम्बन्धी विधेयक समितिबाट पारित भइसकेको भन्दै सो विधेयक अब संशोधन नहुने  समेत बताए । मिडिया सरकारप्रति नभएर नेपाल र नेपाली जनताप्रति उत्तरदायी र जिम्मेवार बन्नुपर्ने उनको तर्क थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप