बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गोल्यान एग्रोको प्राङगारिक कृषि उपज ‘माटो ब्राण्ड’ काठमाडौंमा

आइतबार, ०८ भदौ २०७६, १९ : १२
आइतबार, ०८ भदौ २०७६

ललितपुर– प्रतिष्ठित व्यावसायिक घराना गोल्यान समूहअन्तर्गतको एग्रो प्रा.लि.ले ‘माटो ब्राण्ड’ माफर्त प्राङगारिक कृषि उपजको उत्पादन तथा वितरण शुरु गरेको छ । 

समूहले ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरी माटो ब्राण्ड आधिकारीक रुपमा बजारमा भित्र्याएको जानकारी दएको हो । “आत्मनिर्भरताको उपाय खोजौ, नेपाली माटोको उत्पादन रोजौ” भन्ने नारासहित बजारमा आएको यो ब्राण्ड पूर्ण अर्गानिक भएको समूहले जनाएको छ ।

युवा किसानहरु खेतमा नगएसम्म विकास सम्भाव नहुने भएकाले आफूले कृर्षिमा युवालाई आकर्षित गर्न सहि मूल्य तिर्ने गोल्यान समूहका अध्यक्ष पवनकुमार गोल्यानले बताए । अध्यक्ष गोल्यानले आम नागरिकको पहुँचमा अर्गानिक खाना पुर्याउने अभियानमा लागेको र किसानलाई सहि मूल्य तिरेर बजारसम्म ल्याउँदा घाटा भएपनि यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

त्यसैगरी, गोल्यान समूहकी निर्देशक लतिका गोल्यानले हरेक नेपालीको भान्सामा विषादी रहित खाना होस् भन्ने मूल उद्देश्यका साथ अर्गानिक उत्पादन र वितरण सुरु गरेको बताइन् ।

कम्पनीले ‘माटो’ब्राण्डका नामले देश विदेशमा विषादीमुक्त कुषिजन्य उत्पादनहरुको विक्रि वितरण गर्ने अभियान शुरु गरेको हो । जस मार्फत देशको कृषि उत्पादनमा उल्लेख्य रुपमा वृद्धि आई व्यापार घाटा कमी गराउनुको साथै कृषकहरुको स्तरोन्नती र रोजगारीको वातावरण सिर्जना हुने समूहको विश्वास छ ।

कम्पनीले पहिलो चरणमा २०० बिघामा व्यवसायिक फार्मको स्थापना गरेको छ जसले देशको उत्पादन वृद्धि गर्ने अभियानमा टेवा पुर्याएको छ ।

साथै कम्पनीले देशभरीबाट नै कृषिजन्य उत्पादनहरुको संकलन गरी विक्रि वितरण कार्य शुभारम्भ गरिसकेको छ । जस मार्फत कृषक र उपभोक्ता दुवैलाई अधिकतम लाभ भई दिगो कृषि व्यवसायको विकास हुने विश्वास समूहको छ । कम्पनीले उत्पादन, संकलन र बजारीकरण गर्ने सम्पूर्ण कृषि उपजहरु रासायनिक विषादिमुक्त हुनेछ ।

बजारभरी रसायनयुक्त तरकारी र खाद्य पदार्थको बिगबिगी भइरहेको समयमा ‘कति क्यालोरी खायौं, होइन कति विषादि खायौं’ सोच्नुपर्ने बाध्यता छ । स्वस्थ नागरिक र स्वस्थ देशको परिकल्पना लिएर हामी शुन्य विषादि भएको प्राङगारिक उत्पादन लिएर माटो ब्राण्ड आएको छ । 

प्राङगारिक तरिकाले उत्पादन भएको तरकारी तथा फलफुलमा ४०–५० प्रतिशत बढि एन्टिअक्सिडेन्ट (रोग प्रतिरोधक गुण) हुन्छ ।

अहिले माटो ब्रान्ड मार्फत अधिकतम मौसमी तरकारीहरुको विक्रि वितरण भइरहेको छ । साथै निकट भविष्यमा नै फलफुल, चिया,कफी, मसला,बासनादार चामल, मह लगायतमा सम्पूर्ण कृषि उपजहरुको विक्रि वितरण गर्ने समूहले जनाएको छ । 

हाल काठमाडौंका भाटभटेपन, विगमार्ट, सेल्सवेरिज लगायतका स्टोरहरुमा माटो ब्रान्डका कृषि उपजहरु उपलब्ध छन ।

गोल्यान समूह नेपालको अग्रणी व्यवसायिक समूह हो, जसको बार्षिक कारोबार २० करोड डलरको छ । गोल्यान समूहले देशको कुल निर्यातको करिब ९ प्रतिशत हिस्सा ओगटेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप