कार्यकारी अधिकार पाएका प्रचण्डले पहिलोपटक बोलाए सचिवालय बैठक
काठमाडौँ–पार्टी एकीकरणको १५ महिना पछि कार्यकारी अधिकार पाएका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक सचिवालय बैठक बोलाएका छन् । तत्कालीन एमाले र माओवादीबीच २०७५ जेठ ३ गते पार्टी एकता हुँदा दुवै अध्यक्षले पालैपालो वैठकको अध्यक्षता गर्ने सहमति भएपनि प्रचण्डले त्यस्तो अवसर पाएका थिएनन् ।
अहिले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली उपचारको शिलशिलामा सिंगापुर छन् । प्रधानमन्त्री उपचारका लागि भदौ ५ गते सिंगापुर जानुभन्दा केही घण्टा अगाडि त्यसै दिन बसेको नेकपाको सचिवालय बैठकले अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसि सांगठनिक एकता र अन्य निर्णयहरू गर्ने सहमति भएको थियो । सोही निर्णय अनुसार प्रचण्डले सोमबार बैठक बोलाएका हुन् ।
बैठक दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ । नेकपामा यसअघिका सचिवालय बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बस्दै आएको थियो । सोमबार बस्ने सचिवालय पार्टी कार्यालयमा पहिलो पटक बस्न लागेको हो ।
भोली बस्ने बैठकले महानगर कमिटीका पदाधिकारी, प्रवास र केही आयोगका प्रमुख उपप्रमुख टुंग्याउने भएको छ । प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओली सिंगापुरमा उपचार गराइरहेका छन् । पार्टीमा कार्यकारी अधिकार पाएसँगै अध्यक्ष प्रचण्डले अन्य तहका नेताहरुसँग पनि भेटघाट र छलफल गरेका छन् । आईतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो । भेटमा राष्ट्रपति भण्डारीले दुई अध्यक्ष मिलेर अगाडि बढ्न सुझाएकी छन् ।
यस्तै वरियता घटुवामा परेर असन्तुष्ट बनेका वरिष्ठ नेता माधवकुमार नेपालसँग शुक्रबार आफ्नै निवास खुमलटारमा भेटवार्ता गरेका थिए । यस्तै भदौ १ गते बसेको सचिवालय बैठकले हालसम्म तेस्रो वरियतामा रहेका नेता नेपाललाई चौँथो वरियता र चौथो वरियतामा रहेका नेता झलनाथ खनाललाई तेस्रो वरियतामा ल्याउने निर्णय गरेको थियो । सो निर्णयसँगै नेता नेपाल असन्तुष्ट बनेका छन् । उनले आफ्ना असन्तुष्टि लिखितरुपमै सचिवालयमा दर्ज समेत गराइसकेका छन् ।
नेता वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने निर्णय गरेसँगै नेता नेपालले तत्कालीन एमालेका तीन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावललाई पनि सचिवालयमा ल्याउनुपर्ने माग पनि गरेका छन् । तर, नेता नेपालको मागलाई अर्का अध्यक्ष ओलीले ठाडै अस्वीकार गरिदिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शपथस्थलमा लफडा, नाउपाका कैलाश बने भौतिक मन्त्री
-
रामेछापको राकाथुम हत्याकाण्डमा जिल्लाको फैसला उल्टियो, ५ जना प्रतिवादीलाई जन्मकैद
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते
-
राष्ट्रपति रनिङ सिल्डमा सुदूरपश्चिम पहिलोपटक टिम च्याम्पियन
-
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय भण्डारी र चौधरीको बिदाइ
-
कोशी प्रदेशसभा बैठकमा सङ्कल्प प्रस्ताव पेस