शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी युवा संघको केन्द्रीय अध्यक्षमा यादव मनोनित

आइतबार, ०८ भदौ २०७६, १८ : ४१
आइतबार, ०८ भदौ २०७६

रौतहट– समाजवादी पार्टी नेपालका भातृ संगठन समाजवादी युवासंघको केन्द्रीय अध्यक्षमा प्रदेश नं २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव मनोनित भएका छन । ललितपुरको सातदोबाटोस्थित याक्थुङ चुमलुङ सभाहलमा आज आयोजित किराँत नयाँ शक्ति विद्यार्थी युनियन र समाजवादी विद्यार्थी फोरम नेपालको एकता घोष्णासभाले समाजवादी युवा संघको केन्द्रीय अध्यक्षमा राज्यमन्त्री यादवलाई चएन गरेको हो । 

समाजवादी पार्टीका अन्य भातृ संगठनहरु समाजवादी महिला संघ नेपाल, समाजवादी विद्यार्थी युनियन, समाजवादी युवा संघ, संघीय समाजवादी खेलकुद महासंघ लगायत विभिन्न भातृ संगठनहरुवीच आज एकता भएको छ । 

एकतापछि आईतबार बसेको बैठकले  नयाँ नाम राखिएको समाजवादी युवा संघको अध्यक्षमा राज्यमन्त्री एवम् प्रदेश सांसद योगेन्द्र यादवलाई सर्वसमतिबाट चयन गरिएको छ ।  त्यस्तै संघको उपाध्यक्षमा असलम खान र सदस्यहरुमा सनोज यादव, नवनीत मिश्र, पशुपति यादव, मुक्तिनाथ यादव र रेनुराज सिंह चयन भएको राज्यमन्त्री यादवका स्वकीय सचिव कमलेश यादवले जानकारी दिए । 

एकता घोष्णासभामा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भटराई, अर्का अध्यक्ष उपेन्द्र यादवसहित पार्टीका विभिन्न नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप