पहिराले एकको मृत्यु
आइतबार, ०८ भदौ २०७६, १७ : २७
चौतारा – सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ स्थित निर्माणाधीन अपर बलेफी जलविद्युत् आयोजनामा पहिरो खसेर त्यहाँ कार्यरत एक कामदारको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका र उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
आज बिहान माथिबाट आएको पहिरोले त्यहाँस्थित बेस क्याम्पमा सुतिरहेका बर्दिया जिल्ला बहराइया गाउँपालिका–१ निवासी अन्दाजी ३२ वर्षीय अनिल विकको घटनास्थलमा मृत्यु भएको हो ।
अन्य सात जना भने भाग्न सफल भएकाले सामान्य घाइते मात्र भएका प्रहरीले जनाएको छ । छत्तीस मेगावाट क्षमताको उक्त आयोजना शिवश्री हाइड्रोपावरद्वारा निर्माण भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)
-
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप