बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका लचक भएमात्र व्यापार सम्झौता : ट्रम्पलाई बेलायती प्रधानमन्त्री जोनसनको चेतावनी

आइतबार, ०८ भदौ २०७६, १५ : ३१
आइतबार, ०८ भदौ २०७६

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकाले व्यापार सम्झौता गर्ने हो भने राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको व्यापारमा लगाएका प्रतिबन्धहरु फुकुवा गर्नु पर्ने बताएका छन् ।

फ्रान्सको बेरिट्जमा भइरहेको ‘जी–७’ शिखर सम्मेलनमा जोनसनले बेलायत र अमेरिकाबीचको व्यापारमा धेरै व्यवधानहरु रहेको बताए ।

सम्मेलनमा जनसनले बिहान राष्ट्रपति ट्रम्पसँग ब्रेकफास्ट मिटिङ गरेका थिए भने त्यसपछि अन्य नेताहरुसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री जोन्सनले ब्रेक्जिटको विषयमा युरोपेली संघ परिषद्का अध्यक्ष डोनल्ड टस्क पनि भेट्दै छन् ।

‘बेलायतका व्यापारिक कम्पनीका लागि धेरै अवसरहरु छन्, अमेरिकन बजार खोलिनुपर्छ,’ जोन्सनले ट्रम्पसँगको भेट अघि भनेका थिए, ‘ती अवसरहरु लिनका लागि अमेरिकन मित्रहरुले पनि समझदारी आवश्यक छ किनभने अहिले त्यहाँ धेरै अवरोधहरु छन् ।’ 

हालै अमेरिकाले लगाएको अवरोधको उदाहरण दिँदै उनले भने, ‘थाइल्याण्ड र आइसल्याण्डमा बिक्री भइरहेको मेल्टोन माउब्रे पोर्क पाइले अमेरिकी बजारमा प्रवेश पाइरहेको छैन । खाद्य तथा औषधी प्रशासनले केही खाद्यवस्तुमा लगाएको प्रतिबन्धका कारण त्यसो भएको हो ।’ उनले थप भने, ‘बेलायतका ‘बेल पेप्पर’ अमेरिकी बजारमा प्रवेश पाउँदैनन् ।’

प्रधानमन्त्री जोन्सनले भनेका छन् –यदी बेलायतमा उत्पादन भएको ‘वाइन’ अमेरिका निर्यात गर्न चाहेमा अमेरिकी बितरकमार्फत जानुपर्छ । वाइनका जहाजलाई कडा प्रतिबन्ध लगाइएको छ । बेलायतका ‘माइक्रो–ब्रिवरी’मा अमेरिकामा ट्याक्स लगाइएको छ ।’

बेलायतसँग गत महिना सम्पन्न वार्तामा राष्ट्रपति ट्रम्पले व्यापार सम्झौता ठोस निष्कर्षतिर गएको बताएका थिए ।

बेलायत युरोपेली संघबाट अलग भएपछि द्विपक्षीय व्यापार ३ देखि ५ प्रतिशतले बृद्धि भएको छ तर कस्तो परिणाम प्राप्त भयो भन्ने विषयमा विस्तृत जानकारी दिइएको छैन । 

अमेरिकी सभामुख न्यास्सी पेलोसीले यदी ‘ब्रेकजिट’ले ‘गुड फ्राइडे सम्झौता’ अवमूल्यन गरे बेलायत र अमेरिकाबीचको व्यापार सम्झौता कांग्रेसमार्फत नहुने बताइन् ।

व्यापार सम्झौताका लागि दुई वा सो भन्दा बढी देशहरु सहमत हुनुपर्छ । वस्तु र सेवाको किनबेचका लागि ती देशहरु सहमत हुनुपर्छ । व्यापार प्रबद्र्धन गर्नका लागि त्यहाँ देखिएका अवरोधहरु खारेज र कम गर्न सम्झौताहरु तयार गरिएका हुन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप