शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुडासैनी मृत्यु प्रकरण : प्रहरीको अनुसन्धान सकियो, मिसिल सरकारी वकिललाई बुझाइयो

आइतबार, ०८ भदौ २०७६, १३ : ५५
आइतबार, ०८ भदौ २०७६

काठमाडौं । आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परेका टिभी प्रस्तोता रवि लामछिानेसहित ३ जनाविरुद्ध चितवन जिल्ला प्रहरी कार्यालयले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले आइतबार १२ बजे सरकारी वकिलको कार्यालयमा मिसिल पेश गरिएको रातोपाटीलाई जानकारी दिए । 

एसपी मल्ले भने, ‘सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन अध्ययन गरी अभियोग पत्र तयार गर्नेछ र अदालतमा पेश गर्नेछ । पर्याप्त प्रमाण नपुगेको अवस्थामा सरकारी वकिल कार्यालयले आफ्नै रोहबरमा छाड्न सक्ने अधिकार पनि छ ।’

लामिछानेविरुद्ध अभियोग पत्र दायर भएसँगै सरकारी वकिल र लामिछानेलगायतका वकिलबीच बहस सुरु हुनेछ । बहस आजै सुरु हुने बताइएको छ । 

सो मुद्दाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय चितवनका इन्सपेक्टर दयाकृष्ण भट्टले हेरेका थिए । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सहयोग गरेको थियो ।  

पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसँगै सञ्चारकर्मी युवराज कँडेललाई पानीपोखरीस्थित न्युज २४ कार्यायलबाट प्रहरीले पक्राउ गरेको थियो । भने, रुकु भनिने अस्मिता कार्कीलाई सोही दिन कलंकीबाट पक्राउ गरेको थियो । 

पत्रकार पुडासैनी साउत २० गते नारायणगढस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । आत्महत्या गर्नुअघि पुडासैनीले खिचेको एक भिडियोमा लामिछाने, कँडेल र कार्कीले मर्न बाध्य पारेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप