शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य छ : सचिवालय

आइतबार, ०८ भदौ २०७६, १३ : ०४
आइतबार, ०८ भदौ २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले सिंगापुरमा स्वास्थ्य उपचार भइरहेको सचिवालयले जनाएको छ ।

स्वास्थ्य उपचारको लागि भदौ ५ गते सिंगापुर गएका ओलीको शुक्रबारदेखि नेसनल युनिर्भरसिटी हस्पिटलमा प्लाज्मा फेरेसिस प्रक्रिया सुरु गरिएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले बताएका छन् ।

प्रधानमन्त्री ओलीको मिर्गौलामा एन्टीबडीको मात्रा बढेको चिकित्सकहरुले बताउँदै आइरहेका छन् । मिर्गौलामा बढेको एन्टीबडी कम गर्न प्लाज्मा फेरेसिस उपचार पद्दति अपनाउनु पर्नेछ ।

चिकित्सकका अनुसार, प्लाज्मा फेरेसिस उपचार विधि सुरुमा ३ पटकसम्म गरिन्छ । त्यसपछि पनि एन्टिबडीको मात्रा नघटेमा त्यसलाई बढाएर ६ पटकसम्म गर्नुपर्ने छ । प्रधानमन्त्रीको उपचारको यो प्रक्रिया शुक्रबार पहिलोपटक थालिएको छ ।  कति पटकसम्म गर्नुपर्ने हो निश्चित भने भइसकेको छैन ।   

प्रधानमन्त्रीको १२ वर्ष पहिला मिगौला प्रत्यारोपण गरिएको थियो ।

भदौ ५ गते पुन सिंगापुर गएका ओली भदौ २० गते फर्कने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप