बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

इक्वेडरको अमेजन क्षेत्रमा विमान दुर्घटना हुँदा चारको मृत्यु

आइतबार, ०८ भदौ २०७६, ११ : २६
आइतबार, ०८ भदौ २०७६

एजेन्सी । इक्वेडरको अमेजन क्षेत्रमा एउटा सानो आकार केसन–१८२  जहाज दुर्घटना भएको छ । 

दुर्घटनाका क्रममा विमानमा सवार सबै चार जनाको मृत्यु भएको छ । त्यहाँको प्रशासनले शनिबार यसको जानकारी दिएको छ । 

नागरिक उड्यन प्राधिकरणका अनुसार जहाजमा एक पाइलट र तीन यात्रु सवार थिए । 

दुर्घटनाको कारण तत्काल थाहा नभएको भए पनि यसको लागि अनुसन्धान सुरु गरिएको छ । 

जहाज शुक्रबार मोरोना स्यान्टियागो र जमोरा चिनचिपेको सिमाना नजिक झरेको थियो । 

सैन्य अधिकारी र अन्य खोजकर्ताले शनिबार घण्टा लामो खोज अभियानपछि शव फेला पारेका थिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप