शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएन युरोप संयोजक शिवकुमार बरुवालले सचिवमा उम्मेदवारी दिने

आइतबार, ०८ भदौ २०७६, ११ : १९
आइतबार, ०८ भदौ २०७६

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएन) का युरोप संयोजक शिवकुमार वरुवालले आगामी निर्वाचनमा सचिव पदका लागि उम्मेदवारी दिने भएका छन् ।

एनआरएनको विश्व सम्मेलन अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ । 

गैरआवासीय नेपाली संघको युरोप संयोजकको हैसियतले २  वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका बरुवालले अभियानलाई अझ समृद्ध र सुदृढ बनाउँदै अपनत्व हुने गरि  नीति तथा कार्ययोजना अगाडि ल्याउन आफूले उम्मेदवारी दिने निचोडमा पुगेको वताए । 

गैरआवासीय नेपाली संघको अभियानमा शुरु देखिनै सकृय बरुवाल एनआरएनए बेल्जियमको स्थापनाकालदेखि नै सँस्थामा निरन्तर लागेका छन् । 

२००७ मा एनआरएनए बेल्जियमको सचिवालय सदस्य, २००९–२०११ मा बेल्जियम एनआरएनएको महासचिव, २०११–२०१३ मा अन्र्तराष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्य, सन् २०१७–२०१९ मा युरोप संयोजकको जिम्मेवारी सफलतापूर्वक समालेको अनुभव उनीसँग छ ।  
उनले युरोप संयोजकको जिम्मेवारी समाले लगत्तै  माल्टा र स्लोभाकियाका संघको शाखा विस्तार गरेका थिए । 
१९ वर्ष देखी बेल्जियमा बसोबास गर्दै आएका बरुवाल त्यहाँस्थित नेपाली संघसँस्थामा लोकप्रिय मानिन्छन् । उनले दर्जन भन्दा बढी संघसँस्थामा बसेर काम गरेका छन् ।  

उनी आफ्नो व्यापारका अतिरिक्त परोपकारी काममा समेत सकृय छन् । उनले बिभिन्न समाजिक संघसँस्था मार्फत नेपालको दुर्गम जिल्लाहरुमा विभिन्न परोपकारी काम समेत गरेका छन् ।  

उनले बेल्जियममा डिपार्टमेन्टस्टोर, रेस्टुरेन्ट र एशियन सामाग्रीको होलसेल स्टोर संचालन गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप