बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

होटलमा सुतेका एक युवा मृत फेला

आइतबार, ०८ भदौ २०७६, १० : ४६
आइतबार, ०८ भदौ २०७६

गएराति दाङ्गको एक होटलमा बास बसेका  एक युवा आईतबार विहान मृत फेला परेका छन् । 

घोराही–१५  ट्राफिकचोकस्थित लंकबहादुर बुढा मगरले संञ्चालन गरेको शंकर होटलमा सुतेका दुई जना मध्ये  दाङकै बंगलाचुली गाउँपालिका–८ रानीवासका २३ बर्षीय  लालु घर्ती मृत फेला परेका हुन् ।

भारतबाट रोजगारी गरेर फर्किएका ६ जना  त्यस होटलमा  हिजो साँझ बास बसेका थिए  । ती मध्ये दुई जना एउटै कोठामा सुतेका थिए । भने, विहान उठ्दा घर्ती मगर मृत फेला परेपछि प्रहरीलाई जानकारी गराइएको थियो ।

दाङका प्रहरी प्रबक्ता विनोद विक्रम शाहका अनुसार शवको पोष्टमार्टमपछि मात्रै सत्य बाहिर आउने बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप