शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले सीमामा बाँध निर्माण गर्नुु अन्तर्राष्ट्रिय मान्यता विपरितः प्रभू साह

आइतबार, ०८ भदौ २०७६, १० : ४१
आइतबार, ०८ भदौ २०७६

रौतहट–दशगजा क्षेत्रमा भारतले निर्माण गर्न लागेको बाँध अन्तर्राष्ट्रिय मान्यता विपरित रहेको नेकपा प्रदेश २ का अध्यक्ष तथा पूर्वमन्त्री प्रभू साहले टिप्पणी गरेका छन् । 

भारतले रौतहटस्थित दशगजा क्षेत्रमा बाँध निर्माण गर्न थालेपछि साहले यस्तो बताएका हुन् । उनले सरकारले यसबारे कुटनीतिक पहल गरेर निर्माणकार्य अविलम्ब रोक्नुपर्नेमा पनि जोड दिएका छन् । 
पछिलो समय दशगजा क्षेत्रमा भारतीय पक्षले निर्माण गरेको बाँधकै कारण नेपाली भूभाग डुुबानमा पर्दै आएकाले थप पीडामा पार्नेगरी भएका त्यस्ता कार्य सह्य हुन नसक्ने सांसद साहको भनाई रहेको छ ।

यसअघि शुक्रवार रौतहटका जिल्ला सुरक्षा समितिका अध्यक्ष सिडिओ किरण कुमार थापाका साथै उच्च ओहदाका नेपालीसुरक्षा अधिकारीले रौतहटको डुबान क्षेत्र तथा भारतीय पक्षले एकतर्फी निर्माण गरेको बाँधको स्थलगत निरीक्षण गरेको थियो । 

लालबकैया नदीको पश्चिमी बाँधलाई जोडेर २०६६ सालमा निर्माण पूरा गरेको तीन किलोमिटर १५ फिट उचाई बाँधकै कारण सिमावर्ती ईशनाथ नगरपालिका डुबानमा पर्नेगरेको सिडिओ थापाले जानकारी गराएका थिए ।

डुबानको कारण बर्षेनी करोडौंको क्षति हुनुका साथै कैयौं नेपालीको डुबेर ज्यान गइरहेको छ।  


     
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप