शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लेवान्डोस्कीको ह्याट्रिक

आइतबार, ०८ भदौ २०७६, ०९ : ०८
आइतबार, ०८ भदौ २०७६

स्टार स्ट्र«ाईकर रोवर्ट लेवान्डोस्कीले ह्याट्रिक गरेपछि साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा पहिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले साल्केलाई ३–० गोलले हरायो । यसअघि लिगको पहिलो खेलमा बायर्न हर्था बर्लिनसँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।

साल्केको घरेलु मैदानमा खेलिएको खेलमा बायर्नले २०औं मिनेटमा लेवान्डोस्कीको पेनाल्टी गोल मार्फत अग्रता लिएको थियो । साल्केका जोनजोइ केन्नीले किङ्सले कोमानलाई डिबक्स भित्र लडाएपछि बायर्नले पेनाल्टीको अवसर पाएको थियो । पहिलो हाफमा १–० गोलको अग्रता लिएको बायर्नले दोस्रो हाफमा दुई गोल थपेको थियो ।

५०औं मिनेटमा लेवान्डोस्कीले करिब २५ यार्ड टाढाको फ्रिकिक प्रहारमा सोझै गोल गरेका थिए । लेवान्डोस्कीले ७५औं मिनेटमा किङ्सले कोमानको पासमा उत्कृष्ट गोल गर्दै ह्याट्रिक पूरा गरे । बायर्नबाट यस खेलमा भर्खर मात्र बार्सिलोना छाडेका फिलिप कोउटिन्हो र इभान पेरिसिसले डेब्यु गरेका थिए । जितसँगै बायर्नले दुई खेलबाट चार अंक बनाएको छ । साल्केको समान खेलबाट एक अंक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप