मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

चीन–अमेरिका व्यापार विवादप्रति बेलायतको चासो

शनिबार, ०७ भदौ २०७६, २२ : २९
शनिबार, ०७ भदौ २०७६

फ्रान्स- बेलायतले चीन–अमेरिका व्यापार विवादका बिषयमा चासो व्यक्त गरेको छ । 

फ्रान्स भ्रमणमा रहनुभएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार ‘जस्तालाई तस्तै’ भन्ने भावले विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच देखिएको व्यापार विवादले विश्व अर्थतन्त्रलाई प्रभावित तुल्याइरहेको भन्दै यसप्रति चासो व्यक्त गरेका हुन् ।

वदलाको भावमा दुई मुलुकले आ–आफ्ना तर्फबाट करवृद्धि गरी व्यापारमा संरक्षणवादी नीतिलाई अघि सार्दा यसले विश्व अर्थतन्त्रमा समस्या आएको बताइएको छ ।

वियरिट्समा हुन लागेको जी–सेभेन राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन जाने क्रममा विमानभित्रै सञ्चारकर्मीसँग भएको कुराकानीमा प्रधानमन्त्री जोनसोनले भने, “मलाई यस बिषयले निकै चिन्तित तुल्याएको छ । यसको प्रभाव बेलायतलाई समेत पर्नसक्ने खतरा रहेको छ तर यो खतरा मोल्न बेलायत चाहिरहेको छैन । यस्तो निरन्तरता हुनु राम्रो होइन । यसले कसैलाई फाइदा गर्नेछैन ।”

उनले थपे, “म तनाव कम होस् भन्ने पक्षमा रहेको छु ।” -एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप