मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री मोदी युएईको ‘अर्डर अफ जायेद’ बाट सम्मानित

शनिबार, ०७ भदौ २०७६, २२ : १८
शनिबार, ०७ भदौ २०७६

नयाँ दिल्ली-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त अरब ईमिरेट्स (युएई) को सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ जायेद’ बाट शनिबार सम्मानित गरिएको छ । यो सम्मान पाउने उनी भारतका पहिलो प्रधानमन्त्री हुन् ।

युएईमा उच्चस्तरीय भेटवार्तापछि शनिबार उनलाई उक्त सम्मानले सम्मानित गरिएको थियो । यो सम्मान विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुलाई युएई सरकारले प्रदान गर्ने प्रतिष्ठित सम्मान हो ।

यूएई भ्रमणमा रहेका भारतीय प्रधानमन्त्रीले अरब क्षेत्र तथा एशिया क्षेत्रमा देखिने गरेका आतङ्कवादी गतिविधिप्रति चिन्ता प्रकट गर्दै भने, “आतङ्कवादविरुद्धको लडाईमा भारत सधैँ युएईको साथ रहेको छ ।”

युएईका संस्थापक शेख जायेद विन सुल्तान अल नहयानको नाममा स्थापना गरिएको उक्त सम्मानबाट सन् २००७ मा रुसका राष्ट्रपति भल्लादिमिर पुटिन, सन् २०१६ मा बेलायती महारानी एलिजावेथ र सन् २०१८ मा चिनियाँ राष्ट्रपति सि चिनफिङ सम्मानित भइसक्नुभएको युएईको विदेश मन्त्रालयले बताएको छ ।

सम्मानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम गत अप्रिलमा चयन भएको थियो । -एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप