चेल्सीको पहिलो जित
शनिबार, ०७ भदौ २०७६, २१ : ३१
एजेन्सी – इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पहिलो जित निकालेको छ । शनिबार साँझ भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ३–२ गोलले हराएको हो ।
प्रतिस्पर्धात्मक खेलमा चेल्सीको जितमा टमी अब्राहमले दुई र मिसन माउन्टले एक गोल गरे । घरेलु टोली नर्विचका टोड कान्टवेल र टेमु पुक्कीले एक एक गोल गरेका थिए । चेल्सीले तेस्रो मिनेटमा अब्राहमको गोलबाट अग्रता लिएको थियो ।
तीन मिनेट लगत्यै घरेलु टोलीको तर्फबाट कान्टवेलले बराबरी गोल फर्काए । १७ औँ मिनेटमा माउन्टले पुनः चेल्सीलाई अग्रता दिलाए । ३१ औँ मिनेटमा पुक्कीको गोलसँगै नर्विचलाई खेलमा फर्काएका थिए ।
त्यसपछि ६८औ मिनेटमा अब्राहमले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको जित पक्का बनाए । जितसँगै चेल्सीले तीन खेलबाट चार अंक बनाएको छ । नर्विचको समान खेलबाट तीन अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा