मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पूर्वयुवराज पारसले गरे योद्धा पाँडेलाई सम्मान अर्पण

शनिबार, ०७ भदौ २०७६, २० : १८
शनिबार, ०७ भदौ २०७६

काठमाडौं – पूर्वयुवराज पारस शाहले नेपाल एकीकरणका योद्धा काजी कालु पाँडेलाई सम्मान अर्पण गरेका छन् । काठमाडौं महानगरपालिकाको नागर्जुन वडा नं ७, दहचोकस्थित कालु पाँडेको समाधिमा पुगेर पारसले बीर योद्धा पाँडेलाई शनिबार सम्मान गरेका हुन् । 

दहचोकस्थित ऐतिहासिकस्थलको अवलोकन गर्ने क्रममा पारस पाँडेको समाधिस्थल गएका थिए । सो अवसरमा स्थानीय बासिन्दाले राजसंस्था र पारसको जयजयकार गर्दै नारा लगाएका थिए ।

‘राष्ट्र, राष्ट्रिय एकताका लागि योगदान पुर्याउने, जीवन उत्सर्ग गर्ने बीर पुरुषहरुको सम्मान सबै नेपालीको कर्तव्य हो भन्ने भावना उहाँमा पाए,’ स्थानीय सुबीरमान सिंह बस्न्यातले भने ।

पृथ्वीनारायण शाहले दहचोक गडीबाटै कीर्तिपुर, काठमाडौं, पाटन र भक्तपुरमाथि विजय हासिल गरेका थिए । कीर्तिपुरको लडाईँमा पाँडेले वीरगति प्राप्त गरेपछि गोरखा देख्ने ठाउँमा शव गाडिदिनु भन्ने इच्छा व्यक्त गरेबमोजिम उनको शीर दहचोकमा गाडिएको इतिहास छ ।

बस्न्यातका अनुसार, पूर्वयुवराज आउने खबर सुनेर स्थानीयहरु स्वतस्फूर्त स्वागतमा सहभागी भए । दहचोक प्रवेश गर्ने क्रममा पञ्चकन्याले पारसको स्वागत गरेका थिए । कान्काली, दहचोक र कालु पाँडेको समाधिस्थल, तीन ठाउँमा स्थानीयले घडाकलश राखेका थिए ।

सो अवसरमा रमेश गौतम, सुन्दर लामिछाने, रामकृष्ण भट्टराई लगायतका वडा अध्यक्षहरु स्वागतमा सरिक भए । स्वागतमा स्थानीय शिक्षक, सर्वसाधारण, महिला र विशेष गरेर युवाहरुको उल्लेख्य उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप