मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

‘बेटी बचाउ, बेटी पढाऔँ’ अभियानले छोरीमाथि हेर्ने दृष्टिकोणमा परिवर्तन आयो : मुख्यमन्त्री राउत

शनिबार, ०७ भदौ २०७६, १९ : १८
शनिबार, ०७ भदौ २०७६

बारा – प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाउ, बेटी पढाऔँ’ प्रदेश सरकारको अभियानलाई उचाइमा पु¥याउनका लागि सबैलाई आग्रह गरेका छन् । 

बाराको कलैयास्थित नेरा मावि मदर्शामा ‘मुख्यमन्त्री बेटी बचाऔँ बेटी पढाऔँ’ अभियानअन्तर्गत साइकल वितरण कार्यक्रममा उनले समाजमा छोरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको दाबी गरे ।

समाजमा छोरीलाई विभिन्न प्रकारले हेला गर्न थालेका कारण प्रदेश २ सरकारले सो अभियान ल्याएको मुख्यमन्त्री राउतले बताए । 

छोरा सरह छोरीलाई पनि शिक्षाको मूलधारमा ल्याउन अभियान निकै सार्थक भएको उनको भनाइ थियो । मुख्यमन्त्री राउतले सङ्घीय सरकारका कारण प्रदेशमा चाहे जस्तो विकास गर्न नसकेको बताए । 

‘प्रदेश नं २ लाई सङ्घीय सरकारले कुदृष्टिले हेरिरहेको छ’, उनको आरोप थियो । 

प्रदेश २ का अर्थ राज्यमन्त्री उषा यादवले तराई मधेशको जनताको अधिकार दिलाउनका लागि प्रदेश सरकार लागिपरेको बताए । कार्यक्रममा सांसद रामबाबुकुमार यादव,  प्रदेशसभा सदस्य ज्वालाकुमारी साह, पारस साह, मोहमद समिर, प्रल्लाह गिरी, जगत अंसारीलगायतको उपस्थिति थियो । 

कार्यक्रममा कक्षा ८ मा अध्ययनरत ९२ छात्रालाई मुख्यमन्त्री राउतले साइकल वितरण गरेको शिक्षिका सावित्री शर्माले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप