बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राजपा प्रतिपक्ष हौ भने आऊ मिलौँ

आइतबार, २९ साउन २०७४, १३ : २७
आइतबार, २९ साउन २०७४


मधेस बुझ्न मधेसमा नै जानुपर्छ 
नेकपा एमालेलाई मधेस विरोधी भन्छन्, यो सरासर गलत हो । एमालेका केन्द्रीय नेताहरु प्रदेश नं. २ का विभिन्न जिल्लामा भेला, सम्मलेन र छलफल गरेर आएका छौँ । सबै प्रदेशमा चुनाव भइसकेको छ  । अब दुई नं. प्रदेशको चुनाव यही असोज २ गते हँुदै छ । 

एमालेका नेताहरु प्रदेश नं. २ का विभिन्न जिल्लामा पुगेर आएका छौँ । त्यहाँका स्थानीयसँग भेटघाट छलफल गरेका छौँ । हामी २ नं. प्रदेशका ८ वटा जिल्लामा पुगेर आएका छाँै । चुनावको बारेमा पनि छलफल गर्यौँ । 

हो, हामी काठमाडौँ बसेर जसरी तराई मधेस बुझेका छौँ, त्यो गलत छ । वास्तविक मधेस बुझ्न मधेसमा नै जानुपर्छ । काठमाडौँले जसरी मधेसलाई आतङ्कको पर्याय बनाएको छ, त्यस्तो होइन, छैन । यहाँ बसेर तराई मधेसलाई श्रीलङ्काको जाफ्ना जस्तो बनाएका छौ । तर त्यहाँ अवस्था फरक छ । कुनै राजनीतिक दलहरु जानै सक्दैनन् । अझ एमाले त जानै सक्दैन । नेपाल होइन भन्ने जस्तो गरी व्याख्या गर्ने गरेका छन् । 
हामीले के बुझ्नुपर्छ भने मधेस तराई नेपालको अभिन्न भाग हो । मधेस तराईलाई अलग गरेर हेर्न नै सकिँदैन । तराई मधेसको अलग राष्ट्रियताको कुरा उठाउने, अलग पहिचानको कुरा उठाउँदा पहिला पनि असफल भएको हो । अहिले पनि असफल हुन्छ । केहीले अग्राधिकारको कुरा गरे, केही तराईका नेताहरुले पनि यो माग गरे । तर त्यहाँका जनताले मानेनन् । त्यो माग नै त्यहीँका जनताले लत्याइदिए । अब पनि असफल हुन्छ ।

मधेसका जनता भोट हाल्न आतुर छन्
सबै प्रदेशमा चुनाव हुँदा पनि हामीलाई किन यस्तो व्यवहार गर्यो भन्दै छन् । हाम्रोमा किन ढिला चुनाव हुँदै छ । किन हाम्रो भोट हाल्ने अधिकारलाई सत्ता स्वार्थको बार्गेनिङ थलो बनाइँदै छ ।

गलत रुपमा यो भूमि प्रयोग हँदै छ भनेर भन्दै छन् । किन यहाँ मात्र सशस्त्र समूह, अपराधी समूहको सङ्ख्या दिनानुदिन बढ्दै छन् । यहाँ लोकतान्त्रिक पार्टीलाई राजनीति गर्न दिइँदैन । यस्तो भयो भने राजनीतिक दलहरुको ठाउँ अपराधी समूहहरुले लिँदै गएका छन् । अहिले तराई मधेसमा हत्या्, बलात्कार, लुटपाट बढेको छ । यो हुुनुको कारण नेपालका ठूला राजनीतिक दलहरुले राजनीति गतिविधि गर्न नपाउँदा हो । त्यो खाली ठाउँ आपराधिक समूहले लिए । तराई मधेसमा आपराधिक गतिविधि बढ्यो । 

एक लाख पटक जवाफ दियौँ, मधेस विरोधी होइनौँ भनेर
गत तीन वर्षदेखि एमालेलाई मधेस विरोधी भन्ने हल्ला चलायो । यो प्र्रश्न पुरानो गीत जस्तो भएको छ । यसको बजार पहिला पनि थिएन, अहिले पनि छैन । जसरी पुराना गीतहरुको बजार पहिला पनि थिएन, अहिले पनि छैन । 

हो, यो सबै योजना मधेस तराईबाट एमाले लखेट्न हो । विस्तापित गर्न हो । सप्तरी घटना यसैको पराकाष्टा हो । मधेसमा भएका हाम्रा नेता कार्यकर्ताका घरमा आगजनी भयो । पार्टी कार्यालय जलाइए । तर पनि एमालेले मधेस छोडेन । बरु सही कुरा के हो जनतालई भन्दै गयो । 
अहिले पनि भन्छौ एमालेलाई मधेसबाट लखेट्न माओवादी काङ्ग्रेस राजपाको मोर्चाबन्दी नै छ । मधेसमा काङ्ग्रेको कुनै एजेन्डा नै छैन । माओवादीसँग पनि कुनै योजना छैन । राजपासँग पनि केही छैन । तर अहिले पनि मधेस बारेमा स्पष्ट धारणा छ । 

मधेसीलाई नागरिकता दिनु हुँदैन भन्दैन तर विदेशीलाई दिनु हुँदैन भन्छ एमाले । विदेशी भाषालाई होइन, मधेसका स्थानीय भाषालाई सरकारी कामकाजको भाषा बनाउँछाँै । तर अन्य दलहरुले त्यहीँका केही मान्छेको बोलीमा लोली मिलाए । 

मधेसमा पनि एमाले पहिलो 
दुई नं. प्रदेशमा पनि एमाले पहिलो पार्टी हुन्छ । जसरी कीर्तिपुरमा रमेश महर्जनले नेवारी भाषालाई कामकाजको भाषा बनाए त्यसरी नै मधेसका ८ वटै जिल्लामा हामीले जितेको ठाउँमा त्यहाँको स्थानीय भाषालाई सरकारी कामकाजको भाषा बनाउँछौँ । हो, तर विदेशी भाषालाई मान्यता दिने गरी संविधान संशोधन हुन्छ भने एमाले मान्दैन । 

एमालेबाट भएका कमिकमजोरी र गल्तीका लागि क्षमा माग्छौँ 
हिजोको दिनमा बोली भाषामा केही कमिकमजोरी भयो होला, त्यो हामी सच्याउँछौँ, आत्मआलोचना गर्छौं । तर हाम्रो देश भाषाको विविदिता भएको हो । यहाँ तराई मधेसमा बोलिने शब्द हिमाल पहाडमा अपाच्य हुन सक्छ । हिमाल पहाडमा बोलिने भाषा मधेस तराईमा अपाच्य हुन सक्छ । त्यो भयो भने पनि हामी माफि माग्छौँ । गलत अर्थ लाग्ने शब्द बोल्ने छैनौँ । 

एमाले पाँच सय जम्मा गर्दैन भन्थे
म मधेसमा पछिल्ला दिनहरुमा धेरै बसेँ । जहाँ अन्य दलहरुले पाँच सय जम्म गर्न सक्दैन एमाले भनेका थिए  त्यही ठाउँमा २२ सय मान्छे जम्मा गरेर भेला गरेर म राजधानी फर्केको छु । अहिले पनि मधेसमा अन्य राजनीतिक दलहरुबाट एमालेमा प्रवेश गरिरहेका छन् । ती आउने कुनै भट्राई, खनाल, वली आएका होइनन् । त्यहीँका  झा, तेली, शाह, गुप्ता आएका हुन् । माओवादीबाट सांसद भएका आए एमालेमा, लाहनमा आए, जनकपुरमा आए । एमालेमा जनमत फर्केको छ । राजनीति गतिविधिहरु बढेका छन् ।

राजपा काङ्ग्रेसको हतियार भएको छ 
मधेसमा अहिले पनि जे भइरहेको छ, यो सबै काङ्ग्रेसका कारण भएको हो । काङ्गे्रसले राजपालाई हतियार बनाइरहेको छ । राजपालाई अहिले पनि भनछौँ काङ्ग्रेसको हतियार नबन्नु होस् । एमालेलाई कमजोर बनाउन काङ्ग्रेस यस्तो गरिरहेको छ । यहाँसम्म कि सीके राउत जस्ता आपराधिक तत्वसँग पनि काङ्ग्रेस मिलेको छ । धनुषाबाट हरेक क्याबिनेटमा मन्त्री हुन्छन् तर जनकपुरको अवस्था हुर्नुहोस त कस्तो छ अवस्था । अब जनताले यसको हिसाब किताब माग्ने छन् । त्यही भएर काङ्ग्रेस यसबाट बच्न यस्ता गतिविधि गर्दै छ । काङ्ग्रेस अहिले राजपाको ढाडमा टेकेर एमालेको टाउकोमा हान्न खोज्दै छ । म भन्छु राजपालाई कि काङ्ग्रेसलाई ढाडमा नबोक्नुहोस् । 

राजपा प्रतिपक्ष हौ भने आऊ मिलौँ
यदि राजपा प्रतीपक्ष हो भने मिलेर जाऊ । मिलेर चुनाव लडौँ । हिजो उपेन्द्र र विजय गच्छदारसँग एलाइन्स गरेर चुनाव लडेका हौ । अब राजपासँग एलाइन्स गर्न तयार छौँ । त्यहाँको अवस्था हेरेर एलाइन्स गर्छांै । ढोका खुल्ला छ । ठाउँठाउँमा मिलेर चुनाव लड्न सकिन्छ । १२७ मा ६० भन्दा बढी स्थानमा जित्छौँ । दुई उपमहानगरपालिकामा जित्छाँै । दुई नं. प्रदेशमा एमाले नै पहिलो हुन्छ । 

काङ्ग्रेसभन्दा ७ प्रतिशत पपुलर मत ल्याउँछौँ । दुई नं. प्रदेशमा नै एमाले फलेफुलेको हो । दुर्गानन्द झालाई काङ्ग्रेसले कहिल्यै सम्झेन । जबकि काङ्ग्रेसको पक्षबाट राजालाई बम हान्दा मृत्यु दण्डको सजाय पाए । तर यतिका वर्षसम्म झालाई काङ्ग्रेसले सहिद पनि घोषणा गरेन । केपी ओलीको नेतृत्वको सरकारले सहिद घोषणा मात्र गरेन । उनको नाममा पुरस्कार नै घोषणा गर्यो । यस्तो अवस्थामा काङ्ग्रेसले टोपीले मुख छोपेर भागे हुन्छ । 

कृष्ण गिरीसँगको कुराकानीमा आधारित

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

योगेश भट्टराई
योगेश भट्टराई

योगेश भट्टराई नेकपा एमालेका सचिव हुन् ।
 

लेखकबाट थप