मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ईश्वर पोखरेलको दावी : स्कुल विभागमा कुनै विवाद नै थिएन

शनिबार, ०७ भदौ २०७६, १७ : ११
शनिबार, ०७ भदौ २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले स्कुल विभागका लागि पार्टीभित्र कुनै विवाद नरहेको दावी गरेका छन् । 

स्कुल विभागका प्रमुख समेत रहेका सचिवालय सदस्य पोखरलले स्कुल विभागका लागि शुरुमा कुनै प्रस्ताव नै आएको थिएन, जुन दिन प्रस्ताव आयो, त्यही दिन सहमतिमा टुङ्गिएको दावी गरे । 

उनले भने, ‘स्कूल विभागको बारेमा विभिन्न समाचार आउँदा हामीलाई हाँसो उठ्थ्यो, अनेक रुपले समाचार बनाइरहेको थियो जब कि त्यस्तो कुनै कुरा नै थिएन, जुनदिन प्रस्ताव आयो त्यही दिन सर्वसम्मतिले सहमति भयो र टुङिग्यो ।’

पूर्व नेकपा एमालेको तर्फबाट स्कुल विभागको बुझ बुझारथ कार्यक्रममा उनले स्कुल विभागको बारेमा अन्यथा नबुझ्न सबैलाई आग्रह गरे । विचार, संगठन र नेतृत्वलाई व्यवस्थित गर्ने काम स्कुल विभागको रहेको बताए । 

पार्टीले गरेको निर्णयलाई संस्थागत गर्दै व्यवस्थित बनाउने काम स्कुल विभागको रहेको भन्दै उनले पार्टीको आधिकारीक लाइनभन्दा दायाँबायाँ स्कुल विभागले नगर्ने बताए । 

कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री समेत रहेका नेता पोखरेलले पार्टीको विचारलाई जनतासम्म पुर्याउनका लागि यो स्कुल विभागले काम गर्ने र यसका लागि पार्टी पंक्तिले सहयोग गर्नुपर्ने बताए ।  

कार्यक्रममा तत्कालिन एमालेका तत्कालिन स्कुल विभागका उपप्रमुख शंकर पोखरेलले वर्तमान स्कूल विभागका प्रमुख पोखरेलाई पदभार ग्रहण गराउनुको साथै विभागका सबै कुरा हस्तान्तरण गरेका थिए । 

प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका पोखरेलले स्कुल विभागका बारेमा बाहिर आएको हल्लाका कारण झन् जिम्मेवारी बढेको बताए । उनले भने, ‘स्कुल विभागको बारेमा जे जस्तो चर्चा भयो, त्यसले गर्दा यो विभागको जिम्मेवारी निकै बढेको छ । जिम्मेवारी अनुसार सबैले काम गर्नेछ भनि विश्वास छ ।’

स्कुल विभागका वर्तमान उपप्रमुख देवेन्द्र पौडेलले नेकपाले अझैँ २० वर्ष शासन गर्ने धारणा राखे । उनले भने, ‘जनताले वामपन्थीलाई जुन विश्वासका साथ रुचाइएको छ । त्यही अनुसार काम गर्दै जाने हो भने अबको २० वर्षसम्म नेकपा नै ठूलो दलको रुपमा रहनेछ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप