शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेन्ट्रल जोन भलिबलमा कीर्गिस्तान च्याम्पियन

शनिबार, ०७ भदौ २०७६, १६ : ३८
शनिबार, ०७ भदौ २०७६

काठमाडौं–पाँचौं एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको उपाधि कीर्गिस्तानले  जितेको छ । लगनखेलस्थित सेनाको कभर्ड हलमा शनिबार भएको फाइनलमा कीर्गिस्तानले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।
 
कीर्गिस्तानले २६–२४, २७–२५, २५–१९ को नतिजा निकालेको थियो । कीर्गिस्तानले यो दोस्रो पटक उपाधि हो । यसअघि कीर्गिस्तानले तेस्रो संस्करणको उपाधि जितेको थियो । भदौ २ गते देखि सञ्चालित प्रतियोगितामा आयोजक नेपालसहित सात देशको सहभागिता रहेको थियो ।

प्रतियोगितामा तुर्कमिनिस्तान तेस्रो भयो । माल्दिभ्स चौथो, नेपाल पाँचौं, अफगानिस्तान छैटौ र बंगलादेश सातौं स्थानमा रह्यो । सेन्ट्रल जोनको छैटौं संस्करण आगामी बर्ष बंगलादेशमा आयोजना हुने काठमाडौंमै शुक्रबार बसेको एभिसीको साधारण सभाले निर्णय गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप