शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टोरेसले लिए खेल जीवनबाट सन्न्यास

शनिबार, ०७ भदौ २०७६, १६ : १०
शनिबार, ०७ भदौ २०७६

एजेन्सी । स्पेनलाई सन् २०१० को विश्वकप जिताएका स्ट्राइकर फर्नान्डो टोरेसले खेल जीवनबाट सन्न्यास लिएका छन् । टोरेसले स्पेनलाई सन् २००८ र २०१२ को युरो जिताउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

उनी हाल जापानको सागन टोसु फुटबल क्लबबाट ब्यवसायिक फुटबल खेल्दै आएका थिए । ३५ वर्षीय टोरेसले सागन टोसुबाट अन्तिम खेल खेल्दै खेलाडी करिअरलाई बिट मारेका हुन् । 

टोरेसको टोली अन्तिम खेलमा स्पेनिस आन्द्रेस इनीएस्टा सम्मिलित भिसेल कोबेसँग ६–१ गोलले पराजित भएको थियो । इनिएस्टा र टोरेस स्पेनका लागि उमेर समूहदेखि सँगै खेलेका खेलाडी हुन् । 

टोरेसले स्पेनको एट्लेटिको म्याड्रिडबाट व्यावसायिक खेल जीवन सुरु गरेका थिए । उनले प्रिमियर लिग क्लब लिभरपुल र चेल्सीबाट पनि खेलेका थिए । 

चेल्सीबाट लोनमा एसी मिलानबाट पुगेका उनी केही समय एट्लेटिकोनै फर्किएका थिए । पछिल्लो समय जापानी क्लब पुगेका उनले त्यहीबाटै खेल जीवन अन्त्य गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप