बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन युएई अध्यक्षमा प्रकाश कोइराला, महासचिवमा निश्चल

शनिबार, ०७ भदौ २०७६, १४ : २४
शनिबार, ०७ भदौ २०७६

युएई । गैरआवसीय नेपाली संघ (एनआरएन) एनसीसीको अध्यक्षमा प्रकाश कोइराला निर्वाचित भएका छन् । कोइराला एनआरएन युएईको आगामी (२०१९–०२१) कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका हुन् । 

त्यस्तै संघको उपाध्यक्षमा राजन खतिवडा, निरन्जन सिलवाल, पासाङ शेर्पा, महासचिवमा निश्चल दाहाल, सचिवमा जीवन दास, रमेश परियार, कोषाध्यक्षमा विकाश शाही, र सह–कोषाध्यक्षमा फणिन्द्र ढकाल निर्वाचित भएका छन् । 

यसैगरी युवा संयोजक मदन अधिकारी र महिला संयोजकमा शोभा शर्मा निर्वाचित भएकी छिन् । 

त्यस्तै कार्यसमिति सदस्यहरुमा कृष्ण ठाकुर, प्रकाश रायमाझी, कुमार कार्की, शम्भु पाखरेल, प्रकाश थापा, मन बहादुर सुनार खाती, सुशील खत्री क्षत्री, अमित पाण्डे, सुजन सापकोटा, कमल मो मिया, वीरेन्द्र खड्का, सरस्वती न्यौपाने कोइराला निर्वाचित भएका छन् । 

यता एनआरएन युएईको आईसीसी सदस्यहरुमा ठाकुर ढुङ्गाना, नेत्र प्रसाद शर्मा र राजु केसी निर्वाचित भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप