शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एनएपीसीको अध्यक्षमा पुनः पौडेल

शनिबार, ०७ भदौ २०७६, १४ : १५
शनिबार, ०७ भदौ २०७६

नेसनल एकेडेमिक अफ मेडिकल साइन्स (नाम्स)का डा. विष्णुदत्त पौडेल नेपाल प्यालेटिभ सेवा समाज(एनएपिसी) अध्यक्षमा पुनः निर्वाचित भएका छन् । 
आज ललितपुरमा सम्पन्न १० औं वार्षिक साधारणसभा तथा पाँचौं सम्मेलनले संस्थाको महासचिवमा बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलका परामर्शदाता डा.कृष्णसागर शर्मालाई निर्वाचित गरेको छ । 

त्यसैगरी संस्थाको वरिष्ठ उपाध्यक्षमा बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलकै उसा थापा तथा वीर अस्पतालका डा सन्ध्या चापागाइँ र सहसचिवमा सुशील सिंह निर्वाचित भएका छन् । सदस्यहरुमा सबिता पन्थी, डा दिनेश धिताल, डा प्रदीप न्यौपाने, डा सुधीर सापकोटा र अर्चान्त श्रेष्ठ रहेका छन् । 

एनएपिसीले राष्ट्रिय उपचार रणनीति तथा नीतिमा सरकारलाई सहयोग पु¥याउँदै आएको छ । यसले प्रत्येका वर्ष राष्ट्रिय स्वास्थ्य प्रशिक्षण केन्द्रमा विभिन्न तालिम सञ्चालन गर्दै आएको छ । पछिल्लो समय विकसित देशका विभिन्न विश्वविद्यालयसँग सहकार्य गरेर अनुसन्धान तथा घरमै गरिने विधीमा विषयमा काम गर्दै आएको एनएपिसीले जनाएको छ । प्यालेभेटिभ, सहयोग र आश्रयमै गरिने उपचारका क्षेत्रमा काम गर्ने उद्देश्यले  सन् २००९ मा  एनएपिसी स्थापना भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप